×

NMB BANK
NIC ASIA

प्रदीप ज्ञवालीको आरोप- देउवा सरकार अन्य देशका लागि ‘कम्फर्टेबल’ बन्ने गरी अगाडि बढ्दैछ

जेठ ३०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन् । 

Muktinath Bank

सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि ‘कम्फर्टेबल’ बन्ने गरी अगाडि बढेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरू ‘कम्फर्टेबल’ बन्ने किसिमले गरेको पनि बताए । 

Vianet communication

उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताए । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको उनको भनाइ छ । 

‘सरकार कुनै छिमेकीलाई रिझाउने र कुनै छिमेकीलाई चिढ्याउनेतिर गइरहेको छ, यो उचित भएन,’ उनले भने, ‘यसले हामीलाई समस्यामा पार्छ ।’

यस्तै उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो कि प्रधानमन्त्रीको हैसियतमा भनेर प्रश्न गरेका छन् ।

‘यो भन्दा अगाडि रक्षा मन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि ? प्रधानमन्त्रीको हो ? यो पनि सदनले थाहा पाउनुपर्‍यो,’ उनले भने, ‘विभिन्न सम्झौताहरु गर्ने कुराहरु सुनिएको छ । त्यो गम्भीर कुराहरूमा सम्झौता गर्ने हो भने एउटै स्वर बनाएर जानुपर्छ । नेपाली कांग्रेसको सभापति र गठबन्धनको प्रधानमन्त्रीको हैसियतमा नभएर मुलुकको प्रधानमन्त्रीको हैसियतले जाने हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x