×

NMB BANK
NIC ASIA

कपोलकल्पित कथा बुनेर सरकार र गठबन्धनलाई बदनाम गर्न खोजियो : अर्थमन्त्री

असार १, २०७९

NTC
Premier Steels

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् । “देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतीलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो”, अर्थमन्त्रीले भने ।

Muktinath Bank

अर्थमन्त्री शर्माले  अर्थतन्त्रको समग्र उन्नयनलाई केन्द्रमा राखेर काम गर्दा अपराध ठानिन्छ भने त्यसलाई आफूले थप टिप्पणी नगर्ने बताए । आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उनको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उनले गम्भीर आपत्ति जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उनले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताए ।
बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने जस्ता कथा बुनिएको बताए ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्रीले भने, “कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइन, मन्त्री निवासमा थिए । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस् ।” उनले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गरे ।

Vianet communication

अर्थमन्त्री शर्माले देश, जनता र समस्यामा परेको अर्थतन्त्र उकास्न र त्यसलाई गति दिन इमान्दार भएर प्रयास गर्दा त्यसैलाई अपराध ठानिन्छ भने आफ्नो भन्नु केही नभएको प्रतिक्रिया दिए । बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते अनाधिकृत मानिसलाई मन्त्रालयमा प्रवेश गराएर अर्थमन्त्रीले करको दर हेरफेर गरेको तथा केही व्यापारिक समूहको स्वार्थअनुसार काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिसभामा विरोध जनाएको छ । 

मङ्गलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि मङ्गलबार पनि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाएनन् । बुधबार पनि अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन । एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेको छ । 

“देश र जनताको पक्षमा काम गर्दा संसदीय छानबिन ? मान मर्दन ? मैले के अपराध गरेको छु । देश र जनताको पक्षमा काम गर्नु अपराध हो ? सवाल रह्यो, अनाधिकृत व्यक्तिको ? त्यसदिन मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्”, अर्थमन्त्रीले भने ।

मन्त्रालयमा को–को मानिस आउँछन्, त्यसको सबै जानकारी आफूलाई नहुने भन्दै उनले बजेटमा विरोध गर्ने कुनै पनि उपाय नपाएपछि राजनीति गर्ने अभिप्रायका साथ विरोधका लागि विरोध गरिएको स्पष्ट पारे । कथा पटकथा बनाएर सरकार र गठबन्धनविरुद्ध निशाना साँधिएको र त्यसमा अर्थमन्त्रीलाई प्रहार गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने गलत उद्देश्य राखिएको उनको भनाइ छ । अर्थमन्त्रीले अर्थ मन्त्रालयले समग्र दृष्टिकोणका साथ अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपरेको बताए ।

उनले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई स्पष्ट निर्देशन गरेको र त्यसअनुसार काम भइरहेको उल्लेख गरे । उनले अर्थतन्त्र श्रीलङ्काको बाटोमा भन्दै गरिएको प्रचारमा समेत सत्यता नभएको जानकारी दिए ।

“आगामी आवको बजेटले नेपाललाई श्रीलङ्का हुनबाट जोगाएको छ । हामी समस्यामा छैनौँ । विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि हामी इमान्दार भएर काम गरिरहेका छौँ”, उनले भने । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x