×

NMB BANK
NIC ASIA

उपचार नपाउँदा खुट्टा कुहिएपछि ३ महिनादेखि बिस्तारामै शौच, सहयोगको बिलौना

असार ६, २०७९

NTC
Premier Steels

गुल्मी मुसिकोट नगरपालिका–३ की ५२ वर्षीया पुतली राना खुट्टा कुहिएर तीन महिनादेखि थला परेकी छन् । अहिले त उनको खुट्टामा कीरासमेत परिसकेको छ । 

Muktinath Bank

यति हुँदा पनि उनको उपचारमा भने कसैले चासो दिएका छैनन् । उनको घर बागलुङको बडिगाड गाउँपालिका–२, दनियाँ हो । उनी श्रीमानको निधनपछि छोराछोरीले पनि हेर्न छोडेकाले विगत तीन वर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माइतीले बनाइदिएको सानो झुपडी छ । गाउँमा अर्मपर्म गरेर भए पनि गाँस जुटाउँदै आएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

तीन महिनाअघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन । घाउ बल्झिँदै गएकाले अहिले कीरा परेर बेहाल भएको छ । 

Vianet communication

उनी उठेर हिँडडुल गर्ने अवस्था छैनिन् । घरमा एक्लै भएकाले छिमेकीले उनलाई खाना दिने गरेका छन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवनदेखि हारेकी छन् । 

बिस्तारामै दिसापिसाब गर्छिन् । ‘दिसापिसाब र खुट्टा कुहिएर गन्हाउन थालेपछि कोही कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन,’ उनले रुँदै भनिन्, ‘बाँच्नभन्दा छिटै लैजा दैव ।’ 

पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसँग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयवासीले फोन गरेर जानकारी दिए पनि छोराछोरीले भने कुनै वास्ता गरेका छैनन् । 

मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी नगराइएको होइन । तर, उपचारको कुनै व्यवस्था नभएको छिमेकी बताउँछन् । पुतलीको अवस्था बिग्रँदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् । 

‘मैले अहिलेसम्म जेनतेन खाना पुर्‍याएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ,’ स्थानीय जुना रानाले भनिन्, ‘श्रीमान मरे छोराले वास्ता गरेन, वडाध्यक्षले सुनेन अस्पताल लैजाने कोही भएन ।’ 

लामो समय अस्पतालमा बस्न पर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिब्रो टोक्ने र आँखा चिम्लिने धेरै छन् । स्थानीय सरकार वा सरकारका कुनै निकायले बेलैमा पुतलीको उपचार गर्ने विकल्प नखोजे ज्यानै तलमाथि हुने अवस्था छ । 

मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधि छ । कार्यविधिका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैँले दिन पाउँछन् । अझै ठूलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने जिसीले बताए । 

तर, पुतलीको उपचार गर्न लैजाने व्यक्तिको समस्या भइरहेको छ । पुतलीलाई शारीरिक तथा मानसिक समस्या दुवै भएकाले उपचारमा सँगै जाने व्यक्ति नहुँदा सहयोग गर्न नसकिएको जिसी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x