
काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
संक्रमितमा सानेपामा बस्ने एक जना र अर्का सिन्धुपाल्चोकबाट आएका बिरामी हुन् ।
यसअघि राजधानीमा एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो ।