०८ साउन २०८३, शुक्रबार

रूपन्देहीका १ लाख ४४ हजार बालबालिकालाई कोरोना विरुद्धको ‘फाइजर’ खोप लगाइने

रूपन्देहीका १ लाख ४४ हजार बालबालिकालाई कोरोना विरुद्धको ‘फाइजर’ खोप लगाइने

रूपन्देहीमा बालबालिकालाई कोभिड–१९ विरूद्वको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप कार्यक्रम आउँदो शनिवारदेखि सञ्चालन हुने भएको छ ।

उमेर ५ देखि ११ वर्षसम्मका १ लाख ४४ हजार ८४४ जना बालकालिकालाई ‘फोइजर’ खोप दिइन लागेको हो ।

स्वास्थ्य कार्यालय रूपन्देहीले विद्यालयमै बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्वाथ्य कार्यालय रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले ११–१८ गतेसम्म १६ वटै पालिकामा खोप लगाइसक्ने जानकारी दिए । 

‘खोप कार्यक्रम विद्यालय केन्द्रित हुनेछ,’ शर्माले भने, ‘९६६ केन्द्रबाट खोप लगाइन्छ । त्यसका लागि १ हजार ५२ खोप कार्यकता तयारी अवस्थामा रहेका छन् । विद्यालय पहुँचबाहिर भएकाहरूलाई पत्ता लागेसम्म खोजेर पनि खोप लगाउँछौं ।’

फाइजर खोपको पनि दुवै मात्र लगाउनुपर्ने हुन्छ । दोस्रो डोज साउन ११ गतेदेखि सञ्चालनमा आउने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । 

रूपन्देहीका १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको पूर्ण मात्रा लगाइसकेका छन् । अझै अतिरिक्त डोज (बुस्टर) पनि ३ लाख नागरिकले लगाइसकेका छन् ।

रुपन्देहीका ७ पालिकाले कोरोना विरुद्धको पूर्ण खोप घोषणा गरिसकेका छन् भने बाँकीले असार मसान्तभित्र गर्ने तयारीमा रहेका छन् । खोपबारे स्वास्थ्य कार्यालयले बिहीवार बुटवलमा पत्रकारसँग अभिमुखीकरण कार्यक्रम राखेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्