०५ साउन २०८३, मंगलबार

नेप्से ९४ अंकले बढ्दा २१ कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्से ९४ अंकले बढ्दा २१ कम्पनीको शेयर मूल्यमा सर्किट

शेयर बजारमा साताको पहिलो दिन आइतवार सकारात्मक सुधार देखिएको छ । 

आइतवार एकै दिन बजार ९४.९२ अंकले बढेको छ । १८४८ अंकमा झरिसकेको शेयर बजार पछिल्लो दुई दिनदेखि बढ्न थालेको छ । आइतवार मात्रै बजार ५.१० प्रतिशतले बढेर १९५६ बिन्दुमा पुगेको छ ।

आइतवार शेयर बजारमा दुई अर्ब १६ करोडको कारोबार भएको छ । बजार बढेसँगै एकैदिन २१ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार बढेका कारण थप ३१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

आज बजारमा विभिन्न ५ कम्पनीको ऋण पत्रबाहेक सबैले कमाएका छन् । आज २३० कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयरको ४४ हजार पटक कारोबार भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्