साउन २९, २०७९
मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासि...
बुटवल | असार १६, २०७९
लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका जनजाति समुदायद्वारा उत्पादन हुने पेय पदार्थ (रक्सी) को ब्राण्डिङ गरी बजारमा पठाउने तयारी थालेको छ ।
सरकारले स्थानीयलाई रोजगारी दिँदै आर्थिक सबलीकरण गर्न सकिने भन्दै लोकल रक्सीलाई ब्राण्डिङ गरेर बजारमा पठाउन दिने तयारी थालेको हो ।
पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले विभिन्न चरणमा विज्ञहरूसँगको छलफललाई तीब्रताका साथ अगाडि बढाएको छ ।
कोदो, मौवा, अनादीको झोल, अन्य फलफूलबाट रक्सी उत्पादन गर्ने, प्याकेजिङ गर्ने, ब्राण्डिङ गर्ने र मार्केटिङ गर्दै यसलाई आर्थिक सबलीकरणमा जोड्ने गरी सरकारले तयारी थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले बताए ।
लुम्बिनी प्रदेशमा लोकल रक्सीलाई ब्राण्डिङ गर्न मन्त्रालयले छलफल गरिरहेको भन्दै कुन मोडलबाट उत्पादन गर्ने भन्ने विषयमा विज्ञको राय लिएर थप अनुसन्धान गरेर अघि बढ्ने बताए ।
पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले रक्सीबाट नेपालमा रोजगारी सिर्जना गर्दै आर्थिक आयआर्जनसँग जोड्न सकिने र रक्सीको मुख्य गुणस्तर कायममा ध्यान दिनुपर्ने बताए । कच्चा पदार्थको प्रयोगमा अधिक ध्यान दिएर गुणस्तरीय बनाउन सकेमा नेपाली परम्परागत रक्सी ब्राण्डिङ बनाएर विश्वभर पठाउन सकिने बताए ।
उनले लोकल रक्सी उत्पादनको काम ठूलो कम्पनीलाई नदिएर समुदायमा आधारित रहेर तयार गर्ने र ठूला कम्पनीहरूले त्यसलाई ब्राण्डिङ, मार्केटिङमा सघाउने गरी नीति बनाएर अघि बढ्ने बताए । उनले गुणस्तर एकैखालको बनाउन त्यसमा प्रयोग गरिने कच्चा पदार्थको परिमाण एकैखालको प्रयोग गर्नुपर्ने समेत बताए ।
मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले रक्सीले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक उपार्जनमा जोड्ने भन्दै सकारात्मक ढंगले यसलाई अगाडि बढाउनुपर्ने बताए । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले यसलाई ब्राण्डिङ गरेर उद्योगबाट उत्पादन गर्नमा विभाग सकारात्मक रहेको बताए ।
उनले यो कार्य चुनौतीपूर्ण रहे पनि असम्भव नभएको र गर्न सकिने भएकाले विभागको तर्फबाट गर्नुपर्ने सहयोग आफूहरूले गर्ने बताए । लोकल रक्सी ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ सम्बन्धमा बिहीवार भएको छलफलमा कार्यपत्र प्रस्तुत गर्दै बलियो नेपाल पोषण अभियानका प्रमुख अतुल उपाध्यायले लोकल रक्सीलाई ब्राण्डिङ गर्दै यसलाई राष्ट्रियतासँग जोडने, उत्कृष्ट प्याकेजिङ गर्ने र प्रभावकारी व्यक्तिलाई अभियानमा जोड्नुपर्ने बताए ।
उनले अनादीको झोल, मौवा र कोदोको लोकल रक्सीबारे गरेको अनुसन्धानबारे प्रस्तुती दिँदै लोकल रक्सीलाई ब्राण्डिङ गर्न सके देशमा ७ लाखले रोजगारी पाउने र ७ अर्ब रुपैयाँको राजस्वमा समेत वृद्धि हुने बताए ।
कानूनी पाटो सरकारले हेर्नुपर्ने भन्दै लुम्बिनी प्रदेशले लोकल रक्सीलाई ब्राण्डिङ गर्नासाथ प्रदेशले आर्थिक समृद्धिमा फड्को मार्ने समेत बताए । लुम्बिनी प्रदेशमा मौवा, अनादीको झोल, कोदो, मेवा लगायतका वस्तुबाट रक्सी उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । त्यसरी उत्पादन हुने रक्सीमा एकै किसिमको गुणस्तर रहेको सुनिश्चित गरे विदेशमा निर्यात गर्न सकिने उनले बताए ।
मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासि...
पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् । ...
हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...
बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो । ...
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...