×

NMB BANK
NIC ASIA

फेरि घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीवार उच्च अंकले उकालो लागेको कारोबार नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अंकले ओरालो लागेर दुई हजार २८.७७ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अंकले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रूपैयाँ मूल्यमा खरिद बिक्री भए । आज बिहान ११ देखि १ बजेसम्म भएको कारोबारका आधारका बजार पूँजीकरण २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख २० हजार बराबर रहेको छ । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७.१२ र लघुवित्त २९.४८ अंकले उकालो लाग्यो ।

Vianet communication
Laxmi Bank

त्यस्तै बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीवन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अंकले ओरालो लागेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको पाँच करोड ५७ लाख ४७ हजार ८९३ बराबरको कारोबार भयो ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्स पाँच करोड २२ लाख ५६ हजार ३२६, नेपाल पुनर्बीमा कम्पनी चार करोड ९० लाख ४८ हजार १४८, हिमालयन डिस्टिलरी चार करोड ६२ लाख दुई हजार ४७१ र एनआइसी एसिया बैंक चार करोड ५१ लाख ३२ हजार ६५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिएल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए । यस्तै, स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्स्योरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x