×

NMB BANK
NIC ASIA

प्रदीप यादवको राजनीतिक यात्राः दुईपटक पार्टीबाट निलम्बनदेखि मन्त्रीसम्म

प्रदीप यादवको राजनीतिक यात्राः दुईपटक पार्टीबाट निलम्बनदेखि मन्त्रीसम्म

असार २०, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादव अन्ततः मन्त्री बन्न सफल भएका छन्। उनी वन तथा वातावरण मन्त्री बनेका छन्।

Muktinath Bank

पर्साको वीरगञ्ज महानगरपालिका समेत रहेको संसदीय क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव पटक–पटक पार्टीबाट कारबाहीमा परिसकेका छन्। २०७४ पुसमा साविक समाजवादी पार्टी हुँदा नै यादवलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव पहिलाेपटक लाटभीयाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’को कार्यक्रममा सहभागी भएपछि कारबाहीमा परेका थिए। यादव उक्त कार्यक्रममा सहभागी भएको भन्दै चिनियाँ दूतावासले असन्तुष्टि व्यक्त गरेको थियो। त्यसलगत्तै पार्टीले यादवलाई स्पष्टीकरण सोधेको थियो।


Advertisment
Nabil box
Kumari

सांसद यादवले आफूलाई उक्त कार्यक्रमको विषयवस्तुबारे जानकारी नभएको, त्यहाँ पुग्दा मात्र थाहा पाएको, भूलबस कार्यक्रममा सहभागी भएको स्पष्टीकरण दिएका थिए। तर, उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै समाजवादी पार्टीको तत्कालीन कार्यकारिणी समितिको बैठकबाट उनलाई ६ महिनाको लागि निलम्बन गर्नुका साथै पार्टीको पर्सा जिल्ला अध्यक्षबाट समेत हटाइएको थियो।

Vianet communication

त्यसपछि उनलाई दोस्रो पटक पनि पार्टीले कारबाही गरेको थियो। जनता समाजवादी पार्टी बनिसकेपछि मन्त्री नबनाएको भन्दै पार्टीविरुद्ध गतिविधि गरेको भन्दै २०७८ मंसिरमा उनलाई पार्टीको केन्द्रीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको थियो। मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेका थिए। त्यही कारण उनलाई कारबाही गरिएको थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा आरम्भ गरेको यादव दोस्रो मधेश आन्दोलनपछि तत्कालीन मधेशी जन अधिकार फोरममा आवद्ध भएका थिए। दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका यादव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने विजयी बनेका थिए। निर्वाचित भएपछि सांसदको सपथ ग्रहण कार्यक्रममा आफ्नै परम्परागत भेषमा सजिएर आउँदा पनि उनी एकपटक चर्चामा आएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x