×

NMB BANK
NIC ASIA

राजनीति

माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले पदाधिकारी टुंग्याउलान् ?

असार २२, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।  केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए । 

Muktinath Bank

खुमलटास्थित प्रचण्ड निवासमा भएको पूर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनका लागि निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । सो अनुसार उनले आकांक्षीहरुसँग छलफल गरेर आजको बैठकमा पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने  बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता गिरिराजमणि पोखरेलले प्रचण्डलाई पदाधिकारीको टुंगो लगाउन जिम्मेवारी दिइएको भन्दै सोहीअनुसार उनले टुंगो लगाएर केन्द्रीय कमिटीमा पेश गर्ने बताए । प्रचण्डलाई पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरो टुंग्याउन पनि जिम्मेवारी दिइएको छ । 


Advertisment
Nabil box
Kumari

माओवादीको गत पुसमा सम्पन्न राष्ट्रिय सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि पहिलो केन्द्रीय समितिले टुंगो लगाउने भनिएको थियो । तर महाधिवेशनको ६ महिना बितिसक्दा पनि टुंगिन सकेको छैन । अध्यक्ष प्रचण्ड अब चुनावपछि पदाधिकारी टुंग्याउने पक्षमा भएपनि केन्द्रीय समितिमा चर्को आवाज उठेपछि दवावमा परेका हुन् । 

Vianet communication

माओवादी पदाधिकारीमा विशेषगरी महासचिव को बन्ने भन्नेमा विवाद छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन र जनार्दन शर्माले महासचिवको दाबेदारी नछाड्दा समस्या देखिएको नेताहरु बताउँछछन् । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजीसहित मातृका यादव र कृष्णबहादुर महराले दाबी गरेका छन् । सबै सन्तुलन मिलाएर प्रचण्डले बैठकमा पेश गरेपछि  छलफल गरेर निर्णय हुने एक नेताले विश्वास गरे । 

माओवादीले सहमतिमै पदाधिकारी चयनमा जोड दिँदै आएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सो प्रतिवेदनमा सोमबार ४६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । 

सदस्यहरुले उठाएको धारणामाथि प्रचण्डले आज जवाफ दिने कार्यक्रम समेत रहेको छ । साथै, आइतबार तय भएको ९ एजेन्डामध्ये बाँकी एजेण्डामा पनि क्रमशः छलफल गरेर बैठक टुंग्याउने तयारी छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x