×

NMB BANK
NIC ASIA

सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

असार २२, २०७९

NTC
Premier Steels

नाडाले सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

बुधवार नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेटेरै यस्तो माग गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा आयातमा लगाइएको प्रतिबन्ध हटाउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको नाडाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरूले अब नेपालमै विद्युतीय सवारी साधनहरूको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव समेत दिए ।  

Vianet communication

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुहरू मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरू मात्र यस्तो वस्तु भएको भन्दै यसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने प्रधानमन्त्री देउवालाई जानकारी गराए । 

यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने भन्दै यसै यथार्थताहरूलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए । 

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात शुरू हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गर्न आग्रह गरेका थिए ।

सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरू आकाश गोल्छा तथा कपिल सिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x