भदौ ३, २०७९
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । घाँटीमा क्यान्सरको समस्या रहेक...
काठमाडाैं | असार २३, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् ।
बिहीवार पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी नतिजाबारे बोल्दै अध्यक्ष प्रचण्डले अन्तर्घातबारे छानबिन हुने बताए ।
‘अन्तर्घातीलाई कारबाही हुन्छ । मधेशमा कतिपय स्थानमा पुरानालाई नै दोहोर्यायौं, त्यो गल्ती थियो । अर्को पार्टीले निर्णय गरिसकेपछि सबै मिलेर लाग्नुपथ्र्यो तर पार्टीभित्र विभिन्न स्वार्थ समूह गुटले अर्कोलाई परास्त गर्न सफलता जस्तो ठान्यो । म पनि अन्तरघाती नै बनेको छु भनेर मातृकाले भन्नुभयो । ममाथि पनि आरोप छ । अरु सिनियर नेतामाथि पनि आरोप छ । यो पार्टीमा विचलन हो भन्ने प्रमाण हो । वैचारिक राजनीतिक कार्यदिशाको सवालमा विचलन छ,’ प्रचण्डले भने ।
छानबिन गरेर दोषी प्रमाणित भएकालाई कारवाही हुने उनले बताए । ‘ठूलोस्तरको अन्तर्घात चाहिँ केही खास ठाउँमा छ, सिरहा र महोत्तरीमा अन्तर्घात चर्को छ, अन्यमा पनि छ । पश्चिमतर्फ जाँदा बर्दियामा गम्भीर खालको छ । बर्दिया सम्भावना भएको जिल्ला हो । म कार्यक्रममा जाँदा पनि अप्ठ्यारो अवस्था भयो । तराईमा धेरथोर सबैतिर देखिएको छ र पहाडमा पनि । यसलाई के गरी समाधान गर्ने भन्ने कुरा जुन उठेको छ, यसलाई हामीले छानबिन गर्नैपर्छ । दोषी प्रमाणित भएकालाई कारवाही गर्नैपर्छ । निलम्बन र निष्कासनसम्मको व्यवस्था विधानमा गरिएको छ, सोही अनुसार हुन्छ । निर्वाचनमा हुनसक्ने सम्भावित अन्तर्घातलाई रोक्न पनि १५ दिनभित्रै गम्भीर प्रकृतिका जिल्लामा आवश्यक परे जाने र अन्यमा रिपोर्ट मगाउने गरी एउटा कमिटी बनाउने ।’
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । घाँटीमा क्यान्सरको समस्या रहेक...
राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रवार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरे । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ती...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न नि...
गृृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रवार काठमाडौंमा आ...
सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रगतिबारे जानकारी दिएको छ । सिट बाँडफाँटबारे कार्यदलमा पटक–पटक छलफल गरिस...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...