×

NMB BANK
NIC ASIA

संघारमा जसपा विभाजनः उपेन्द्र र बाबुराम पक्षले बोलाए छुट्टाछुट्टै बैठक

असार २६, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालको दुई फरक समूहले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक डाकेका छन् । 

Muktinath Bank

जसपाभित्र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुई समूहमा विभाजित भएका छन् । उनीहरूले छुट्टाछुट्टै बैठक बोलाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादवले पर्साको वीरगंजमा असार २९ र ३० गतेका लागि केन्द्रीय समिति बैठक डाकेका छन् भने भट्टराईले असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेका छन् । 


Advertisment
Nabil box
Kumari

असार १६ को बैठकले असार २७ र २८ मा केन्द्रीय समिति बैठक डाकिएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्तिमार्फत जनाएका थिए । त्यसपछि असार २१ गते अधिकारीले अर्को विज्ञप्ति जारी गरी बकर ईदका कारण बैठक १ दिन सारिएको तथा असार २९-३० गते वीरगंजको टाउनहलमै बैठक हुने जानकारी दिएका थिए । 

Vianet communication

त्यसपछि असार २४ गते अधिकारीले अर्को प्रेस विज्ञप्ति जारी गरी भट्टराई पक्षले बोलाएको बैठक अनधिकृत रहेको उल्लेख गरेका थिए । 'केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक संजाल लगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको प्रेस वक्तव्यमार्फत सबैमा जानकारी गराइन्छ,' अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असार १३ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९-३० गते वीरगंजमा बस्ने केन्द्रीय समितिको बैठक नै आधिकारिक रहेको उक्त विज्ञप्तिमा जनाइएको थियो । 

यता भट्टराई पक्षले पनि छुट्टै विज्ञप्ति जारी गरी असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जनाएको छ । जसपा नेता विश्वदीप पाण्डेद्वारा जारी विज्ञप्तिमा उक्त बैठकमा छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद सदस्यलाई पठाइसकिएको उल्लेख छ ।

पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल गर्ने एजेण्डा निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने उल्लेख गरिएको छ ।

उक्त दुई छुट्टाछुट्टै बैठकको प्रेस विज्ञप्तिले पनि जसपा औपचारिक रूपमा दुई समूहमा विभाजन भइसकेको पुष्टि हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x