×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारीबाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान

असार २८, २०७९

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् । 

Muktinath Bank

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ सालको पुष्पलाल पुरस्कार विभिन्न ६ स्रष्टालाई प्रदान गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम संवत् २०७८ सालको पुष्पलाल राष्ट्रिय पुरस्कारअन्तर्गत राजनीतिक/सैद्धान्तिक विषयमा भोजपुरका घनेन्द्र बस्नेत, इतिहास विषयमा काठमाडौंका डा. ढाकाराम सापकोटा र साहित्य, संस्कृति, विज्ञान विषयमा जगन्नाथ आचार्यलाई पुरस्कृत गरिएको छ । 


Advertisment
Nabil box
Kumari

२०७७ सालको राजनीतिक/सैद्धान्तिक विषयमा काठमाडौंका मोहनचन्द्र अधिकारी, इतिहास विषयमा मोरङका प्रा.डा. कृष्णप्रसाद पोखरेल र साहित्य, संस्कृति, विज्ञान विषयमा रोल्पाका पवित्रा घर्तीलाई पुरस्कृत गरिएको छ ।

Vianet communication

पुरस्कारको राशि नगद १ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालको राजनीतिक आन्दोलन तथा सैद्धान्तिक/राजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई तथा नेपाली समाजको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति, विज्ञान विषयमा पुरस्कार प्रदान गर्दै आएको छ । 

सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सामाजिक जनचेतनाका अभिवृद्धिका लागि खोज अनुसन्धानमा सक्रिय व्यक्तिलाई दिइँदै आएको पुरस्कार राज्यले अपनत्व ग्रहण गर्दै हरेक वर्ष राष्ट्रियस्तरमा योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्दै आएकोमा स्रष्टाप्रति सम्मान र सिर्जनामा प्रोत्साहन मिलेको उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय राजनीतिक सामाजिक जीवन, इतिहास, साहित्य, विज्ञान लगायत क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्नु राज्यको दायित्व रहेको भन्दै मन्त्रालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x