×

NMB BANK
NIC ASIA

कांग्रेसले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

असार २९, २०७९

NTC
फाइल फोटो
Premier Steels

सत्तारूढ ५ दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउन लागिएको कांग्रेसका नेताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुसालले आफूलाई मन्त्री बनाउनुपर्ने नभए प्रमुख सचेतक बनाउनुपर्ने माग गर्दै आएकी थिइन् तर प्रधानमन्त्री देउवाले उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने तर्क गरेको कांग्रेसका नेताहरूले बताए । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुन लागेको छ । 

Vianet communication

संसदमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत रहेका कारण कांग्रेसका उम्मेदवारले सभामुखको निर्वाचन जित्ने अवस्था छ । प्रतिनिधि सभामा अहिले एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी ४ जना सांसद छन् ।

उपसभामुखको उम्मेदवार छनोटबारे सत्तारूढ दलहरूले छलफल गरेर उपसभामुख कांग्रेसलाई दिने सहमति गरेका छन् । 

कांग्रेसले उपसभामुख पाउने भएपछि कांग्रेस नेत्री डिला संग्रौलाले पनि उपसभामुख पद दाबी गरेकी छन् । 

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख पद फरक पार्टीको हुनुपर्ने व्यवस्था छ । त्यसैगरी सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।

सभामुख माओवादी केन्द्रबाट प्रतिनिधित्व भएका कारण कांग्रेसले उपसभामुख पद पाउने भएको छ । उपसभामुखमा जनता समाजवादी पार्टीले पनि दाबी गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x