×

NMB BANK
NIC ASIA

बागमती प्रदेश सरकारद्वारा २१ विधाका पदक प्रदान

असार ३०, २०७९

NTC
Premier Steels

बागमती प्रदेश सरकारले मकवानपुरका ३ सञ्चारकर्मीलाई प्रदेशदूत पदकसहित विभिन्न २१ विधामा सम्मान प्रदान गरेको छ ।

Muktinath Bank

हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित पद वितरण समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ती पदक वितरण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डे, प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगरलाई प्रदेश प्रमुख शर्माले पदक लगाइनुका साथै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरे ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो । 

Vianet communication

निर्णयअनुसार व्यक्ति तथा संघसंस्थालाई पदक प्रदान गरिएकोे हो । प्रदेश सरकारले नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा ७ वटा संस्थालाई पनि विभिन्न सम्मान प्रदान गरेको छ ।

प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम र बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिएको छ ।

पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र मकवानपुरकै इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान र मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्राप्त गरेका छन् ।

संस्थागतरूपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्राली र मकवानपुरको सिमलथली एग्रो फार्म बाख्रा फार्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिएको छ ।

पदक तथा सम्मान वितरणपछि मुख्यमन्त्री पाण्डेले पदकले थप जिम्मेवारी बोध गराउने बताउँदै प्रदेश सरकारले जनताका लागि अहोरात्र खट्न जिम्मेवारी बोध गराउँदै पदक र सम्मान वितरण गरिएको बताए । गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको पदक भए पनि उक्त समयमा समय अभावका कारण अहिले कार्यक्रम राखिएको स्पष्ट पारेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x