×

NMB BANK
NIC ASIA

विकृत बन्दै समाज

काठमाडौंमा मोज गर्ने योजनामा श्रीमतीलाई विदेश पठाएका एक पति : अति गर्न खोज्दा भयो खती !

असार ३१, २०७९

NTC
Premier Steels

रुपन्देहीको सैनामैना नगरपालिका–४ (साविक पर्रोहा गाविस–१) मुर्गियाका ३६ वर्षीय जीवन दमाई र सुन्तली दमाई (नाम परिवर्तन) को १० वर्षअघि विवाह भयो ।

Muktinath Bank

प्रेम सम्बन्धमा रहेका दुवैले भागेर काठमाडौं आई विवाह गरेका थिए । कहिले काठमाडौंकै विभिन्न निजी कार्यालयमा त कहिले ग्यारेज, कलकारखानामा काम गर्दै आफ्नो जीवन गुजारा गरिरहेका थिए, जीवन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो बीचमा दुवै जनाले कमाएको पैसा धेरथोर बचत पनि गरेका थिए ।


Advertisment
Nabil box
Kumari

काठमाडौं आएर अन्यको सहाराविनै दुवै जनाले काम गर्दै आफ्नो जीवन चलाइरहेका थिए । त्यो बीचमा छोरी र छोराको जन्म भयो । त्यसपछि जीवन एक्लैले कमाउनुपर्ने बाध्यता आयो ।

Vianet communication

उनले कमाइरहेका थिए । जीवनलाई त्यो समयमा उपत्यकामा भएका दोहोरी साँझ जाने बानी पर्‍यो ।

उनले कमाएको सबै पैसा दोहोरीमा खर्चिन थाले । छोराछोरीको जन्मपछि आर्थिक अवस्था कमजोर भयो, त्यही विषयलाई लिएर पतिपत्नीबीच विवाद हुन थाल्यो ।
 
त्यो विवाद यतिसम्म चर्कियो कि दुवैबीच हात हालाहाल समेत हुने गर्दथ्यो । सुन्तलीले जीवनलाई समय–समयमा विदेश गएर पैसा कमाउन आग्रह गर्दै आएकी थिइन् ।

दोहोरी साँझमा जाने बानी परेका जीवनका गलत साथीभाइको संगत हुन थाल्यो । जीवनले आफू विदेश जानुभन्दा पनि पत्नीलाई विदेश पठाएर आफूले ‘मोज’ गर्ने योजना बनाए ।

उनी सुन्तलीलाई फकाउन थाले । करीब २–३ महिना फकाएपछि सुन्तली विदेश जान राजी भइन् ।

पैसा ऋण खोजेर विदेशका लागि पासपोर्ट बनाइदिए । जीवनले भिसा पनि लगाइदिएर सुन्तलीलाई खाडी मुलुक ओमान पठाए ।

सुन्तलीले गएको पहिलो महिनादेखि जीवनलाई पैसा पठाउन थालिन् । जीवनले प्रहरीलाई दिएको बयान अनुसार उनले प्रतिमहिना ५०–६० हजार रुपैयाँका दर पैसा पठाउँथिन् । 

जीवन त्यो पैसाले दोहोरी जाने र रमाइलो गर्ने गर्दथे । सुन्तलीले पठाएको पैसाले करीब ६ महिनासम्म दोहोरी साँझमा साथीभाइ लगेर रमाइलो गरे ।

छोराछोरीलाई वास्ता नगर्ने र कुटपिट गर्ने खालका गतिविधि जीवनले गरिरहेका थिए ।

त्यो कुरा सुन्तलीले अन्य व्यक्तिबाट थाहा पाइन् । सुन्तलीले जीवनलाई पैसा पठाउन छाडिन् ।

आफन्तलाई छोराछोरी हेरचाहका लागि पैसा पठाउन थालिन् । त्यो थाहा पाएपछि जीवन रिसले आगो भए । उनले सुन्तलीलाई फोन गरेर मानसिक तनाव दिन थाले ।

जीवनले फोनमा सुन्तलीलाई जथाभावी गाली गर्न थाले । प्रहरीमा आएको उजुरीमा जीवनले फोनमा अश्लील अपशब्द प्रयोग गर्ने गर्दथे ।

फोनमा दिनानुदिन झगडा भए पनि सुन्तलीले ‘पति हो एक दिन सुध्रिएला’ भनेर बसेकी थिइन् ।

एक दिन जीवनले फोनमा तथानाम र चरित्रमाथि नै प्रश्न उठ्ने खालका गाली गर्दै अब आइन्दा तँ मेरो बुढी पनि होइनस्, म तेरो श्रीमान् पनि होइन’ भनेर फोन काटे ।

त्यसपछि जीवनले सामाजिक सञ्जाल फेसबूकको नक्कली आईडी खोलेर पत्नीको फोटो राखेर शब्दहरू लेखेर पोस्ट गरे ।

त्यति मात्र होइन, त्यसको ‘स्क्रिनसर्ट’ गरेर आफन्त बुवाआमालाई पठाउने गरेको साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले बताए ।

‘उसलाई साथीले फेक आईडी खोलेर फोटो हाल भनेर सल्लाह दिएको रहेछ । त्यसैले उसले आफ्नै श्रीमतीको फोटोमा जथाभावी लेखेर पोस्ट गरेको बयान बताएका छन्,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।

प्रहरीको बयानमा जीवनले विदेश जाने महिला यौनधन्दामा पनि लागेर पैसा कमाउने गरेको सुनेकाले ‘मेरी बुढी पनि त्यस्तै भई’ भनेर फोटो हालेको बताएका छन् ।

प्रहरीले उनलाई सुन्तलीका आफन्तको जाहेरीका आधारमा असार २४ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

जीवनलाई प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x