×

NMB BANK
NIC ASIA

असार महिना सकिनै लाग्दा तराईमा राम्रोसँग पानी पर्न सकेको छैन । 

Muktinath Bank

अन्नभण्डारको रुपमा चिनिने तराईमा असार महिनाभर पानी नपर्दा रोपाइँ प्रभावित भएको छ । रोपेको धान पनि खडेरीले सुक्दै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीसहित लुम्बिनी प्रदेशका तराईमा पर्ने ६ जिल्लामा पानी नपर्दा रोपेको धानमा धाँजा फाटेको छ । भर्खरै रोपेको धानलाई प्रशस्त पानीको आवश्यक पर्छ । रुपन्देहीको बढी धान उत्पादन हुने क्षेत्र मर्चवार, मायादेवीलगायतका क्षेत्रमा पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ । तराईका अधिकांश क्षेत्रका किसान आकाशेपानीकै भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा छन् । 


Advertisment
Nabil box
Kumari

पानी नभएर रोपेको धान सुक्दा यो वर्ष धान उत्पादन घट्ने चिन्ताले किसानलाई सताएको छ । 

Vianet communication

लुम्बिनी प्रदेशमा ७५ प्रतिशत धान रोपाइँ हुने क्षेत्रमा आकाशेपानीको भर पर्नुपर्ने अवस्था रहेको सरकारी तथ्यांकले देखाउँछ । तराईमा असार १४ पछि पानी परेकै छैन, जसले गर्दा टण्टलापुर घामले खपिनसक्नु गर्मी बढ्दा जनजीवनसमेत प्रभावित भएको छ ।  

रूपन्देहीको सम्मरीमाईका किसान जग्गनाथप्रसाद कुर्मीले २ बिघामा धान रोप्न पाएका छैनन । रोपेको धान पनि सुकेको छ । किसान कुर्मी भन्छन्, ‘बीउ काम नलाग्ने भइसक्यो । लामो खडेरीले धान सुक्यो । अब उत्पादन घट्ने भयो । बढ्दो महँगीले पप्मसेट प्रयोग गरेर रोप्न सक्ने अवस्था पनि छैन । रोपेकाहरूले पनि जोगाउन नसक्ने अवस्था भयो ।’ तराईमा २५ देखि ३० दिनको बीउ रोप्नुपर्ने हुन्छ । तर, लामो समय पानी नपर्दा बीउ ४५ दिनको पुगेको छ । 

लुम्बिनी प्रदेशमा ३ लाख २० हजार २७५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । 

सबैभन्दा धेरै बाँके र बर्दियामा खडेरीले रोपेको धानलाई असर पुर्‍याएको छ । लुम्बिनी प्रदेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले खडेरीले बाँकेमा अहिलेसम्म जम्मा ४० प्रतिशत मात्र रोपाइँ भएको बताए । 

उनले समग्रमा प्रदेशभर ७५ प्रतिशत रोपाइँ सकिएको उनको भनाइ छ । पश्चिम नवलपरासीमा करीब धान रोपाइँ सकिएको छ । 

‘ढिलो रोपाइँ हुँदा धानको बाला नलाग्ने समस्या हुन्छ, जसले गर्दा उत्पादनमा ठूलो असर पुर्‍याउँछ,’ अधिकृत शर्माले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x