×

NMB BANK
NIC ASIA

यादव पक्ष निर्वाचन आयोग जाँदैः जसपा विभाजनको कानूनी प्रक्रिया शुरू

साउन १, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह आइतवार निर्वाचन आयोग जाँदै छ । 

Muktinath Bank

असार २९ र ३० गते पर्साको वीरगन्जमा भएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय समितिको नामावली अद्यावधिक गर्न जसपा आयोग जाने भएको हो । उक्त बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ जना केन्द्रीय सदस्यलाई कारबाही गरी जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले संघीय परिषद् अध्यक्षको जिम्मेवारी अशोक राईलाई दिएको छ । आइतवार आयोग गएर केन्द्रीय समितिको विवरण अद्यावधि गरिने केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, जसपाको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता गर्नुपर्ने उक्त विवरण पनि अद्यावधिक गरिने उनले बताए । ‘महिलाको संख्याका विषयमा आयोगले पत्र नै पठाएर ध्यानाकर्षण गराएको थियो, त्यस विषयमा पनि आयोगसँग छलफल हुन्छ,’ उनले भने ।

Vianet communication

उपेन्द्र यादव पक्षले आयोगमा डा. भट्टराई लगायतलाई कारबाही गरिएको विवरण अद्यावधिक गरेपछि जसपा विभाजनको प्रक्रिया औपचारिक रूपमा शुरू हुनेछ । राजनीतिक रुपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगेपछि कानूनी रूपमा पनि औपचारिक रूपमै विभाजन हुनेछ । 

यादव पक्षको बैठक एकदिन अगावै भट्टराई पक्षले पनि काठमाडौंमा छुट्टै बैठक आयोजना गरेको थियो । उक्त बैठकले जसपा पुनर्गठन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भट्टराई पक्षले पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने तयारी गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x