×

NMB BANK
NIC ASIA

विकासमा ढिलासुस्ती : २ वर्षमा सक्ने भनिएका गौरवका आयोजना ५ वर्षमा पनि सम्पनन भएनन्

साउन १, २०७९

NTC
Premier Steels

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्यो तर, गौरवका आयोजना भनेर अगाडि बढाएको योजनाहरू भने अधुरै रहने भएको छ । दुई वर्षमा सम्पन्न गर्ने भनेका प्रदेश सरकारको धेरै गौरवको आयोजनाहरू अधुरै रहने भएका हुन् । गौरवका आयोजनामध्येको एक विराटचोक–घिनाघाट सडक निर्माण कार्य पनि अधुरै रहने भएको छ । 

Muktinath Bank

दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २०७६ असार २९ गते उक्त सडक निर्माणसम्बन्धी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । निर्माणाधीन विराट चोक–घिनाघाट साढे २२ किलोमिटर सडकमध्ये तीन खण्ड गरेर ठेक्का लगाइएको थियो । तीनवटै खण्डकै काम अहिलेसम्म सकिएको छैन । प्रदेश सरकारको यो कार्यकाल अवधिमा सडक निर्माण सम्पन्न हुने सम्भावना पनि देखिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रूपमा हेरिएको छ । उक्त सडक खण्डको काम कछुवाको गतिमा भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्री फेर्ने काममा तीव्रता पाएको प्रदेश १ ले प्रदेशको प्रगतिको काम भने कछुवाको गतिमा गरेको छ । 


Advertisment
Nabil box
Kumari

तत्कालीन मुख्यमन्त्री शेरधन राईले ०७६ भदौ २३ गते ग्रामथान गाउँपालिकाको नेताचोकमा आयोजित भव्य कार्यक्रमका बीच शिलान्यास गरेका थिए । सडक शिलान्यास कार्यक्रममा बोल्दै उनले ठेक्कामा लिने निर्माण व्यवसायीले नमुनाको रूपमा बनाएर समयावधिभन्दा अगाडि नै सरकारलाई सडक हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका थिए । विराटनगरमा दोस्रो मूल ढोकाको रूपमा यो सडक निर्माण कार्य गरेर प्रदेशको समृद्धिको ढोका खोल्न आफूहरूले प्राथमिकतामा राखेको पनि बताएका थिए । 

Vianet communication

२ वटा १०÷१० किलोमिटर र २.५ किलोमिटर सडक खण्ड गरेर तिन खण्डमा ठेक्का लगाइएको थियो । तीन वटै खण्डको काम भइरहेको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीले बताएका छन् । प्रदेश सरकारको यही कार्यकालमा काम सक्ने सम्भावना कम रहेको उनी बताउँछन् । 

तीन–तीन जना मुख्यमन्त्री पाएको प्रदेश १ ले एउटा गौरवको आयोजना समेत सक्ने छाँटकाँट देखिँदैन । प्रदेशको राजधानी विराटनगरमा प्रदेश १ सरकारले जम्मा एउटामात्रै योजना सम्पन्न गरेको छ । संसद् भवन निर्माण बाहेकका अन्य काम भने प्रदेश सरकारले गरेको देखिँदैन । 

तर, प्रदेश १ का सडक तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले भने गौरवका साथ धेरै योजना सकिने क्रममा रहेको दाबी गरेका छन् । हाम्रै कार्यकालमा प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको विराट चोक–घिनाघाटको काम नसकिए पनि चालु आवमै सक्ने उनले बताए । ‘अघिल्लो सरकारले बजेटको सुनिश्चितता नगरी काम गरेकाले केही निर्माणको काम नै अलपत्र बन्यो,’ उनले भने ‘अहिले बजेट सुनिश्चितता भएकाले कामले पनि गति लिएको छ । अब चाँडै नै सडक निर्माणको काम सकिन्छ ।’

प्रदेश सरकारले गौरवका आयोजना भनेका केही आयोजनाहरू अलपत्र अवस्थामा छन् । केही आयोजना भने जेनतेन सञ्चालनमा रहेका छन् । गौरवका आयोजना छनोट गर्नका लागि पहिला योजना बैंक स्थापना गर्नुपर्छ । प्रदेश सरकारले योजना बैंक नै सञ्चालन नगरी अहिलेसम्म आयोजनाहरू सञ्चालन गरिरहेको छ । ६४ वटा आयोजनालाई प्रदेश १ सरकारले महत्वपूर्ण योजना भनेको छ । ती मध्ये धेरै योजनाहरू गर्भमै रहेका छन् । 

धरान–भेडेटार–नाम्जे केबलकार, पाथीभरा केबलकार, हलेसी केबलकार, लेटाङ–राजारानी केबलकार र बृहत चक्रपथ निर्माणदेखि कोदोको रक्सी ‘ब्रान्डिङ’ गर्ने योजना प्रदेश १ सरकारको गर्भमै रहेको छ । 

प्रदेश योजना आयोगका उपाध्यक्ष डा .पूर्णबहादुर लक्समले राजनैतिक नेतृत्व तयार नभएकै कारणले सरकारले महत्वपूर्ण ठानेका योजनाहरूको काम अगाडि बढ्ने नसकेको बताउँछन् । ‘स्रोत–साधनको उच्चतम प्रयोग गर्न प्रदेश सरकारले नसकेकै कारण योजनाहरू अलपत्र बनेको हो’, उनले भने । 

हालसम्म सञ्चालन भएका आयोजनाहरू मुख्यमन्त्री, मन्त्री र सांसदको खल्तीबाटै सञ्चालन हुने गरेका छन् । योजना छनोट गर्दा बजेटको सुनिश्चितता नगरी हचुवाका भरमा ल्याएका कारण काम अगाडि नबढ्दा प्रदेश सरकारप्रति प्रदेशबासीको धारणा नकारात्मक बन्दै गइरहेको छ । 

आफैँले ल्याएका कार्यक्रम गर्न नसकेपछि प्रदेशबासीले कार्यकर्ता पाल्नका लागि मात्र सरकारले विकासे योजना ल्याएको भन्दै आलोचना गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x