×

NMB BANK
NIC ASIA

श्रम मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन

साउन ४, २०७९

NTC
Premier Steels

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ ।

Muktinath Bank

मन्त्रालयले बुधवार सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या समाधानबारे छलफल गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा श्रममन्त्री शेरबहादुर कुँवरले मातहतका कार्यालयले अनलाइनबाट सेवा प्रवाहको थालनी गरिसकेको अवस्थामा उक्त सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे । उनले प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज ढंगबाट सेवाग्राहीसँग पुग्ने गरी काम गर्न निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

‘कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व हो,’ उनले भने, ‘सबै सेवाग्राहीलाई सरकार भएको अनुभूति हुने गरी काम गर्नुस् ।’

Vianet communication

प्रविधिको विकाससँगै सेवा प्रवाहमा सहजीकरण भइरहेको जनाउँदै उनले नयाँ प्रविधि प्रयोग गरी जनतालाई सुविधा दिन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए ।

वैदेशिक रोजगार कार्यालयले अहिले अनलाइनबाटै सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्दै आएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन थालेसँगै कार्यालयमा हुने भीड अन्त्य भएको छ । छलफलमा मन्त्रालयका सचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायतका अधिकारीको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

बैशाख २१, २०८१

काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x