×

NMB BANK
NIC ASIA

गैडहवामा कांग्रेसले एक साताअघि गरेको तालाबन्दीका कारण सेवाग्राही मारमा

साउन ८, २०७९

NTC
Premier Steels

रूपन्देहीको गैडहवा गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरूले गरेको तालाबन्दीका कारण सेवाग्राही मारमा परेका छन् । उनीहरूले केही समय अगाडि मात्र आएका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई काम गर्न नदिने भन्दै एकसाता अघि गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए । 

Muktinath Bank

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत क्षेत्री आर्थिक अनियमिततामा मुछिएको आरोप लगाएका छन् । त्यस्तै, गाउँपालिकामा कार्यरत करारका कर्मचारी हटाउन नहुने उनीहरूको माग छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नम्बर २ का अध्यक्ष सरोजउद्धिन धुनिया,  ३ का अध्यक्ष राम अजोर धुनिया, ४ का सुरेन्द्र सिंह कुर्मीलगायतले साउन २ गते गाउँपालिकामा तालाबन्दी गरी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मी आफूहरुले ११ बुँदे माग राखेर तालाबन्दी गरेको बताए । उनले दुरुपयोग भएको राजस्व दाखिला र विवादमा परेका कर्मचारीलाई एक पटक सुध्रिने मौका दिए समस्या समाधान हुने बताए ।

Vianet communication

गाउँपालिकाका अध्यक्ष सरेन्द्र पौडेलले अर्थहीन माग राखेर पालिकामा तालाबन्दी गरिँदा जनता सेवाबाट बञ्चित हुन पुगेको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको कार्यकक्ष र लेखा र प्रशासन शाखामा तालबन्दी गरिएपछि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको जानकारी दिएका छन् । 

रोजगार संयोजक पदमा कार्यरत मनिषा कार्कीलाई गाउँपालिकाले हटाएपछि विवाद शुरू भएको बताइएको छ । पालिका अध्यक्ष पौडेलले उनको कामकारबाही सन्तोषजनक नभएकाले हटाइएको जानकारी दिए । उनलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्त बुझ्दो नभएकाले उनको करार अवधि थप नगरिएको पौडेलको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृतले राजस्व हिनामिना गरेको आरोपमा पनि सत्यता नभएको पालिका अध्यक्ष पौडेलको दाबी छ । ‘उहाँहरूले बाढी पीडित किसानहरूलाई राहत रकम दिनुभएन भन्नु भएको छ, त्यो पालिकाले दिने होइन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयाबाट आएपछि मात्र हामीले वितरण गर्ने हो । आएकै छैन अनि हामीले कसरी वितरण गर्ने ?’ 

गाउँपालिकाको प्रमुख उपप्रमुखमा एमालेको नेतृत्व छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x