×

NMB BANK
NIC ASIA

न्यायाधीश नियुक्तिमा ‘मधेशी’लाई बेवास्ता, समावेशी सिद्धान्तको उल्लंघन

साउन ११, २०७९

NTC
Premier Steels

न्याय परिषद्ले २१ जना जिल्ला न्यायाधीशका लागि सार्वजनिक गरेको ६१ जनाको सर्टलिस्टमा समानुपातिक समावेशी सिद्धान्त लागू नभएको पाइएको छ ।

Muktinath Bank

नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्याय परिषद् नियमावली २०७४ को नियम (६) को उपनियम (४) बमोजिम रिक्त २१ जिल्ला न्यायाधीश पदमा आपूर्ति गर्ने उद्देश्यले न्याय परिषद् सचिवालयले साउन १० गते ६१ जना आवेदकको नाम सहितको सूची सार्वजनिक गरेको छ । 
२०७९ असार २७ गते न्याय परिषद्ले न्यायाधीश पदमा योग्यता पुगेकालाई आवेदन दिन सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित गर्दा पनि समानुपातिक समावेशी सिद्धान्त अनुसार नै सर्टलिस्ट सार्वजनिक गरिने तथा त्यसपछि नियुक्ति सिफारिस गर्दा पनि समानुपातिक समावेशी सिद्धान्त लागू हुने भनिएको थियो तर न्याय परिषद् सचिवालयले गरेको सर्टलिस्टमा ‘मधेशी’ क्लस्टरलाई बेवास्ता गरिएको आवेदन दिएका एक मधेशी उम्मेदवार बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘न्याय परिषद् ऐन २०७३ को दफा ५(१) मा न्याय परिषद्ले संविधानको अधीनमा रही समानुपातिक समावेशी सिद्धान्त बमोजिम न्यायाधीशको पदमा नियुक्तिको लागि सिफारिस गर्ने प्रावधान राखिएको छ,’ उनले लोकान्तरसँग भने, ‘तर न्याय परिषद्ले अहिले सार्वजनिक गरेको ६१ जनामा १ जना पुरुष र १ जना महिलालाई मात्र राखेको छ ।’


Advertisment
Nabil box
Kumari

२०७३ सालमा नै उपसचिव भएका रामानन्दप्रसाद अधिकारीलाई सर्टलिस्ट गरिएको छ भने महिला कोटामा मोना सिंहलाई सर्टलिस्ट गरिएको छ ।

Vianet communication

‘आरक्षणको आधारमा मधेशी क्लस्टरबाट २२ प्रतिशत हुनुपर्छ तर अहिले सर्टलिस्टमा नै त्यो प्रतिशत पुर्‍याइएको छैन भने न्यायाधीश सिफारिस गर्दा झन् कम संख्या हुन्छ,’ ती मधेशी उम्मेदवारले लोकान्तरसँग भने । ६१ जनाको २२ प्रतिशत १३ जना कम्तीमा सर्टलिस्ट हुनुपर्ने उनको कथन छ ।

सर्टलिस्ट गरिएका एक मात्र मधेशी पुरुष अधिकारी पहिलेदेखि नै ज्येष्ठताको आधारमा योग्य रहेका उनले बताए ।

न्याय परिषद् ऐन २०७३ जारी भएपछि २०७४, २०७५, २०७६ र २०७७ साल गरी कूल ४ वर्षमा ७९ जना जिल्ला न्यायाधीश नियुक्त गरिएको थियो तर ७९ जनामध्ये मधेशी कोटाबाहेक अन्य दलित, जनजाति, महिला क्लस्टरबाट मात्र नियुक्त गरिएको उनले बताए । ७९ जना न्यायाधीशमा १ जना पनि मधेशी कोटाबाट न्यायाधीश नियुक्त नगरिएको उनले बताए ।

‘न्याय परिषद् आफैंले न्याय परिषद् ऐन तथा नेपालको संविधानको प्रावधान विपरीत काम गरिरहेको छ,’ उनले भने, ‘समानुपातिक समावेशी सिद्धान्त लागू नभएको भन्दै हामी केही आवेदकहरू सामूहिक रूपमा न्याय परिषद् सचिवालयमा उजुरी नै दिने तयारी गरिरहेका छौं ।’

न्याय परिषद्ले २७ जना उच्च अदालतको न्यायाधीशका लागि समेत आवेदन दिन सूचना प्रकाशन गरेको छ । त्यसमा पनि न्याय परिषद्ले समानुपातिक समावेशी सिद्धान्त पालना गरी सर्टलिस्ट तथा नियुक्ति सिफारिस गर्नुपर्ने उनले बताए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो न्यायपालिका राज्यको एक अंग नै भएको हुनाले पनि त्यसमा अनिवार्य रूपमा समानूपातिक समावेशी सिद्धान्त लागू हुनुपर्ने बताउँछन् । ‘समानुपातिक समावेशी सिद्धान्तको कुरा कानूनको किताबमा मात्र लेखिएको छ, व्यवहारमा लागू भइरहेको छैन,’ महतोले लोकान्तरसँग भने, ‘अहिले सर्टलिस्ट गरिँदा किन त्यो सिद्धान्त लागू भएन त्यसको उपयुक्त कारणको खोजी गरिनुपर्दछ ।’

न्यायाधीश नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्त लागू गर्नैपर्ने संविधान र न्याय परिषद् ऐनले नै अनिवार्य गरेको उनले बताए । आवश्यक योग्यता तथा मापदण्ड नपुगेर सर्टलिस्ट नगरिएको हो वा अन्य कुनै कारण के हो त्यस विषयमा न्याय परिषद्लाई नै थाहा हुने उनले बताए ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्की भने समानुपातिक समावेशी सिद्धान्त अनुसार नै सर्टलिस्ट गरिएको दावी गरे । ‘अन्य विभिन्न क्लस्टरहरू आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, महिलासहित पनि छन्, ती सबैलाई समावेश गरेर सर्टलिस्ट सार्वजनिक गरिएको हो,’ कार्कीले लोकान्तरसँग भने, ‘समग्रमा सबै क्लस्टरलाई समावेश गरी सूची सार्वजनिक गरिएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x