×

NMB BANK
NIC ASIA

शेयर बजारबाट गुमाउने लगानीकर्तालाई राहत दिन क्षतिपूर्ति कोष सञ्चालन गरिने

साउन १२, २०७९

NTC
Premier Steels

नेपाल धितोपत्र बोर्डले शेयर बजारबाट गुमाउने लगानीकर्तालाई राहत दिन क्षतिपूर्ति कोष स्थापना गर्ने भएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले उक्त कोष स्थापना गर्न कानूनी व्यवस्था गर्ने जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको उक्त नीति तथा कार्यक्रममा लगानीकर्ताको संरक्षणमा जोड दिने उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बोर्डका अध्यक्ष हमालले भने, ‘धितोपत्र बजारका लगानीकर्ताहरूलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष संचालनमा ल्याउने भएको छ । यसका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागू गरिने छ ।’

Vianet communication

बोर्डले चालू आवमा साना तथा मझौला उद्यमीहरू ‘एसएमइ’को धितोपत्र कारोवारलाई  प्रोत्साहन गर्ने भएको छ । यसका लागि एसएमईज प्ल्याटफर्मको व्यवस्था गर्ने बोेर्डले जनाएको छ । 

एसएमइअन्तर्गत नै व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गर्ने योजना पनि बोर्डले सार्वजनिक गरेको छ ।

बोर्डले बुक बिल्डिङ प्रणाली दिगो र पारदर्शी रूपमा सञ्चालन गर्ने भएको छ । 

यसका लागि अटोमेटिक इलेक्ट्रोनिक एक्सन सिस्टम बनाउँदै दिगो र स्थापित कम्पनीलाई धितोपत्र बजारमा ल्याउने बोर्डले जनाएको छ । 

बोर्डले सार्वजनिक निष्कासन (आईपीओ)मा पारदर्शी प्रणाली बनाएरै युटिलिटी कम्पनी र व्यवसायिक रूपमा सफल कम्पनीलाई धितोपत्रमा सूचीकृत गराएर सर्वसाधारणको स्वामित्व बढाउन केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

वस्तु विनिमय बजार संचालनको व्यवस्था मिलाउने, आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई)को प्रयोग बढाउने, प्रविधिमा आधारित प्रणालीको विकास गर्ने, निवेदन परेका कम्पनीहरूलाई मेरिट बेसिसमा अनुमति दिँदै जानेसहितको नीति तथा कार्यक्रम चालू आवमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

चालू आवमा नयाँ धितोपत्र दलाल थप गर्ने, दोस्रो बजारमा कारोवार र तरलता बढाउन नयाँ धितोपत्र व्यापारी (स्टक एक्स्चेन्ज)लाई अनुमति दिने भएको छ ।

दोस्रो बजारको कारोवार बढाउन नेप्से र सिडिएसको शेयर संरचनामा सुधार गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिक शेयर निष्कासन (आइपीओ) मा आवेदन दिन आस्वा तथा सीआस्वामा सुधार गर्ने, गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशतको आरक्षण दिनेसहितका कार्ययोजना धितोपत्र बोर्डले सार्वजनिक गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x