×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको बैठकः साउन १५ मा बस्ने स्थायी कमिटीले पदाधिकारी टुंगो लगाउने

साउन १३, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रको साउन १५ गते बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भएको छ । शुक्रवार बसेको स्थायी कमिटी बैठकले साउन १५ गते दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाउने र सोही बैठकले पोलिटब्युरो र पदाधिकारीको बारेमा टुंगो लगाउने निर्णय गरेको हो । बिहीवारदेखि शुरू भएको बैठक शुक्रवार समापन गरिएको छ । 

Muktinath Bank

यही स्थायी कमिटी बैठकले पोलिटब्युरो र पदाधिकारीको विषयमा टुंगो लगाउने भनिए पनि उक्त विषय अर्को बैठकसम्मलाई थाती राखिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरोको प्रस्ताव गरे पनि उक्त विषयमा धेरैजनाले असन्तुष्टि जनाएका थिए । त्यसपछि उनले उक्त प्रस्तावलाई संशोधन गरेर अर्को बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै बैठकले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता महराले बताए । उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रवक्ता महराले बैठकले प्रदेश १ को साउन २६ गते, मधेस प्रदेशको बैठक भदौ २ गते, लुम्बिनी प्रदेशको साउन २९ गते र सुदूरपश्चिमको बैठक भदौ ४ गते बस्ने जानकारी दिएका छन् । उनले प्रवासको बैठक भदौ ६ गते, विशेष प्रदेशको बैठक भदौ ४ गते र सम्पर्क मञ्चको बैठक भदौ ८ गते बस्ने बताए । 

Vianet communication

उनले भने, ‘हामी फेरि साउन १५ गते ३ बजे बस्छौँ । अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते । २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरको छौँ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x