×

NMB BANK
NIC ASIA

ईयूले नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनुपर्ने अवस्था छैन : पर्यटनमन्त्री श्रेष्ठ

साउन १३, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली संघ (ईयू) ले नेपाललाई उडान सुरक्षा सम्बन्धी सूचीमा राख्न नहुने धारणा राखेका छन् ।

Muktinath Bank

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शुक्रवार मन्त्रालयमा गरेको शिष्टाचार भेटको क्रममा उनले नेपाली उड्डयन क्षेत्रलाई अन्तरराष्ट्रिय उड्डयन संगठन आईकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयुले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका उनको निजी सचिवालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

भेटमा उनीहरूबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो ।

Vianet communication

मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापित भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनँले पर्वतारोहणमा पोल्याण्डका जनताको रुचि रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए । पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुबरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिएका थिए । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । भेटवार्तामा उनीहरूबीच नेपालको पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भएको थियो ।

भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x