×

NMB BANK
NIC ASIA

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर का विष्णुबहादुर पाण्डेको आफ्नै नजिकका साथी हत्या गरेको खुलेको छ ।

Muktinath Bank

बुटवल बेलबासमा बस्दै आएका पाण्डेलाई रुपन्देहीको सैनामैना ६ का दीपक भनिने कूलचन्द्र गौतमले हत्या गरेको प्रहरीले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४४ वर्षीय पाण्डेलाई ४३ वर्षीय गौतमले १६ लाख रुपैयाँका लागि हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

गौतमलाई साउन १५ गते (आइतबार) बिहान रूपन्देहीको नेपाल भारत सीमा नाका बेलहियाबाट पक्राउ गरेको छ ।  

Vianet communication

पाण्डेसँग १६ लाख रुपैयाँमा किनेको ट्रकको रकम तिर्न नसकेपछि गौतमले कालिज मार्न जाने बहाना बनाएर फकाईफुलाई जंगलमा लगेर हत्या गरेको खुलेको डिएसपी केसीले बताए । 

पाण्डेसँगबाट लु१ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए । 

उक्त रकम दिने भन्दै गौतमले पाण्डेलाई ९ साउनमा बुटवलबाट अर्घाखाँचीको पाणिनी पुर्‍याएका थिए । तर, घरमा पुगेपछि परिवारले रकम नभएको बताएपछि कुलचन्द्रले योजनावद्ध रुपमा हत्याको योजना बनाएका थिए ।

१० साउनमा गौतमले पाण्डेलाई कालिज मार्न जाऔं भनी पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पुर्‍याएका थिए । 

त्यहाँ पाण्डेलाई फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरी भीरबाट खसालेर हत्या गरेको अनुसन्धानबाट खुलेको केसीले बताए ।

पाण्डे सम्पर्कविहीन भएपछि छोरी शीला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते दिउँसो ३ बजे पाणिनी–२ डांडाकटेरीस्थित सामुदायिक वनमा पाण्डे मृत अवस्थामा फेला परेका थिए । 

अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको फलामको मोटो रड गौतमको बुटवल मैनाबगरस्थित जय मोटरपार्टस्मा लुकाइ राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x