×

NIC ASIA

मिथिलामा चाडबाडको रौनक शुरू

साउन १६, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

साउन शुक्लपक्ष शुरू भएसँगै मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष शुरू भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । 

साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव शुरू भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरुमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पु¥याइन्छ । अघि त्रेता युगमा ससुराल आउनुभएका भगवान् रामलाई जनकपुरधाममा सोही समयमा ठाउँठाउँमा झुला खेलाइएको सम्झनामा यो परम्परा चलेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णव बताउछन् । 


Advertisment
Rupse Holidays
Nabil box

यस पर्वका अवसरमा मिथिलाक्षेत्रका सबैजसो मठमन्दिरमा अहिले झुलनोत्सव समारोह आयोजना गरिएका छन् । प्रत्येक साँझ रामसीताका प्रतिमा झुलाघर (उत्सवका लागि झुला राखिएको खास कोठा या घर) मा पु¥याइएपछि सन्त, महन्थ र सर्वसाधारणले रामसीताका महिमा गान गाउँदै पालैपालो रामसीताका प्रतिमा राखिएका झुला झुलाउँछन् ।     

Vianet communication

यसै अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठसँगैको ‘झुलाघर’ उत्सवमय बनेको छ । महोत्तरी र आसपासका मठमन्दिरबाट रामसीताका प्रतिमा  यही  ‘झुलाघर’ मा ल्याइएका छन् । महोत्सवमा सन्त र महन्थहरुको जमघटले आफ्नो नगर अहिले उत्सवमय बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । 

महोत्सवभर प्रत्येक साँझ प्रारम्भ हुने झुलनोत्सव मध्यरातसम्म जारी रहन्छ । यस क्रममा रामायण पाठ गर्ने, रामलीला मञ्चन गर्ने परम्परा छ । झुलनोत्सवका लागि प्राचीन मिथिला क्षेत्रका भारतको विहार राज्यको तिरहुतसम्मका सन्त र महन्थ जम्मा भएका छन् । मठमन्दिरमा सिंहासन निर्माण गरी भगवान् रामसीताको प्रतिमा राखेर झुलाइने गरिएको हुँदा यो पर्वलाई झुलनोत्सव भन्ने गरिएको हो ।

झुलनोत्सवसँगै मिथिलामा साउन शुक्ल पञ्चमीका दिन ‘लगपाँच’ पर्व मनाइन्छ । नाग देवताको पूजाआराधना गरिने यो पर्वको प्रभावले सर्प आदिको भय नहुने जनविश्वास गरिन्छ । त्यसरी नै साउन शुक्लपक्ष प्रारम्भसँगै मिथिलामा राखी (रक्षाबन्धन) पर्वको रौनक बढ्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीय सम्बन्धको प्रतीक मानिने साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ को रमझम र पूर्वतयारी साउन शुक्लपक्षको प्रारम्भसँगै शुरू हुन्छ । 

मिथिलामा आयोजन गरिने महोत्सव, शुभकार्य र सबै कर्मकाण्डीय अनुष्ठान मिथिला पञ्चाङ र विद्यापति पञ्चाङका आधारमा निर्णय गरिन्छ । दुवै प्रचलित पञ्चाङमा वर्षको पहिलो महिनाको गणना साउन शुक्लपक्षसँगै प्रारम्भ हुन्छ । वर्षको प्रारम्भ नै साउन शुक्लपक्षबाट शुरू हुने भएको हुँदा सबै चाडबाडको प्रारम्भ साउनदेखि नै हुने मान्यता मिथिलामा स्थापित भएको बर्दिबास–२ का पण्डित महेशकुमार झाको भनाइ छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x