×

NMB BANK
NIC ASIA

यी हुन् विमान नै रोकेर पक्राउ गरिएका अभियुक्त

साउन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

Muktinath Bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नम्बर ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।’

Vianet communication
Laxmi Bank

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो । श्रीमान्–श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो । ब्यूरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो ।

सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालकदलका सदस्यसहित १४१ सवार रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज २ घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ ।

उडान भर्न लागेको विमान मात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताए । विमानस्थलको सबै उडान नियमितरूपमा सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x