माघ १५, २०७९
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई ६ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन शुरू गरेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रूपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरूपमा सार्वजनिक गर्ने तयारी गरेको बताए । ‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ’, उनी भन्छन् ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आइतवार बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान शुरू गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए ।
मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन शुरू गरेको बताउँछन् । ‘उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ’, उनी भन्छन् ।
सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन शुरू गरेको उनको भनाइ छ । मन्त्री दाहालले अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताए ।
आइतवार बिहान सवारी चालक अनुमतिपत्र ठूलोभर्याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए ।
ठूलोभर्याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व संकलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।
यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउँछन् । ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ । रासस
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ । शनिबार साँझ जानकी मन्दिरमा ल्याइएको...
रवि लामिछानले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय ...
बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । वि.सं. २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमा...
पोखरामा पनि एक युवकले आफ्नै शरीमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। पोखरा महानगरपालिका- १३ बस्ने युवाले आज आइतबार बिहान शौचालयमा गएर आफ्नो शरीरमा आगो लगाउन खोज्दा उनलाई उद्धार गरिएको छ। ...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनिमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन्। आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाइ राख्दै मन्त्री किरातील...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...