माघ १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् ।
आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए । यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने उनले बताए ।
आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । ‘अछामतर्फको जग्गाको मुआब्जा निर्धारण समितिले मूल्यांकन गरिसकेको छ, बैंकको टुंगो लाग्न नसक्दा मुआब्जा वितरण हुन सकेको छैन्,’ न्यौपानेले भने, ‘सुर्खेततर्फ मूल्यांकन हुन बाँकी छ, ऐलानी जग्गा र ती जग्गामा बनेका संरचनाको क्षतिपूर्तिका हकमा सरकारले निर्णय गर्छ ।’
आयोजनाले अछामतर्फ एक हजार आठ सय ४४ तथा सुर्खेतमा करिब चार सय रोपनी जग्गा अधिग्रहण गर्दैछ । प्रभावित क्षेत्रका लागि आयोजनाले कूल लागतको कम्तीमा ० दशमलव ५ प्रतिशत रकम छुट्ट्याइ सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्नेछ । रु ८८ अर्ब लागत रहेको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ । आयोजनाका प्रबन्धक न्यौपानेले जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, बंैक काउन्टर स्थापना गरी खाता खाल्न, बेलिब्रिज निर्माण गर्न, कन्स्ट्रक्सन पावर जडान र विद्युत् खरिद सम्झौता (पीपीए) गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘अछामतर्फ पहुँच सडक निर्माण भइसक्यो, सुर्खेततर्फ सात किमी ट्र्याक खोल्न बाँकी छ, पीपीए एग्रिमेन्ट र कन्स्ट्रक्सन पावर जडानका लागि पनि प्रक्रिया अघि बढिसकेको छ, मुख्य ठेक्का लाग्न अझैं कम्तीमा एक÷डेढ वर्ष लाग्छ ।’ यो अर्धजलाशययुक्त आयोजना हो ।
आयोजनाको बाँधस्थल अछामको ढकेरी गाउँपालिका–६ मालुमेला, सुर्खेतको चौकुने गाउँपालिका–६ र विद्युतगृह अछामको ढकेरी गाउँपालिकाकै टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिका–६ मा पर्दछ । मुख्य पावरहाउसबाट ४३० दशमलव २ मेगावाट र वातावरणीय बहावबाट थप ८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । मालुमेलामा एक सय ४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ ।
कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।
यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ ।
आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत संघीय सरकारले राख्ने सहमति भएको छ । रासस
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको ब...
नेपालमा गहुँ आयात हुन नसक्दा बजारमा मैदाको चरम अभाव हुन थालेको छ । भारत सरकारले ३० वैशाख २०७९ मा गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव देखिएको नेपाल मैदा उद्योग संघले जानका...
कृषि प्रधान देश नेपालमा मलकै हाहाकार बर्सेनि दोहोरिरहन्छ । मल नपाएर किसान आन्दोलित हुनुपर्ने, मलकै कारण उत्पादन कम हुने र सरकारलाई बर्सेनि टाउको दुखाइको विषय मलको सहज आपूर्ति कसरी गराउने भन्नेमा हुने गरे...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४...
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार सम्हालेको ११ माघमा एक महिना पूरा भएको छ । अर्थमन्त्रीको रूपमा पौडेल आएपछि आमनागरिक र निजी क्षेत्रको अपेक्षा एकाएक बढेको थियो । हुन त मन्त्री तथा प्रधानमन्त्रीको...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...