×

NMB BANK
NIC ASIA

सांसदको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घट्दैन ?

साउन २५, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सांसदहरूले बाढी, पहिरो पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

Muktinath Bank

बुधवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै एमालेका सांसदद्वय शारदादेवी भट्ट र विमला घिमिरेले बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढी, पहिरोबाट बढी प्रभावित भए पनि उनीहरूलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले वर्षाले प्रभावित जनताको क्षतिपूर्तिको उचित व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।


Advertisment
Nabil box
Kumari

सांसद भट्टले भनिन्, ‘देशभर भइरहेका अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको समाचार आइरहेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा वर्षाका कारण बाढी पहिरो आउँदा जनताले धेरै क्षति व्यहोर्नुपरेको छ । त्यसमा पनि विशेष कैलाली र कञ्चनपुरका जनता यसबाट ज्यादा प्रभावित भएका छन् । जसका कारण त्यहाँका जनताको दैनिकी कष्टकर भइरहेको छ । गाँस–बासको समस्या भइरहेको छ । वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनीकरण, रोकथाम र बाढी पीडितको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारले यथाशीघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Vianet communication

एमालेकी अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् । उनले किसानलाई खेतीबालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नबालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत गरिन् ।

सांसद घिमिरेले भनिन्, ‘गत वर्ष किसानहरूले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो । त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्नेसम्मका कुराहरू सरकारले गर्न लगायो तर सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौं । यो वर्ष धान रोप्नका निम्ति मल समेत दिन सकेन । कि यो सरकारले के काम गरिरहेको छ ? यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? यो जनताले थाहा पाउनै छोडिसके । अहिले भर्खरै नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कुरामा हप्ता पनि बाँकी नराखी मूल्यवृद्धि गर्‍यो तर अहिले भारतमा मूल्य घट्दाखेरी फेरि त्यसको समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन ।’

सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x