×

X
Nic Asia
Marvel
Khukuri

धेरेबेर राख्दा बिग्रिने भएको भन्दै विराटनगरका मेयरद्वारा सरकारी गाडी प्रयोग

विराटनगर | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विराटनगरका मेयर नागेश कोइरालाले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा गरेको प्रतिबद्धताविपरीत सरकारी गाडी प्रयोग गर्न थालेका छन् । आइतवारदेखि उनले सरकारी गाडी प्रयोग गर्न थालेका जानकारी दिएका छन् । 

DHARA
LAxmi BAnk

उनले निर्वाचनको क्रममा आफू मेयरमा निर्वाचित भएमा सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका थिए । सोहीअनुसार निर्वाचित भएपछि उनले तीन महिनासम्म निजी गाडी प्रयोग गरिरहेका थिए । तर, आइतवारदेखि फेसबुकमार्फत घोषणा गरेरै उनले सरकारी गाडी प्रयोग गर्न थालेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सरकारी गाडी प्रयोग गर्नु आफ्नो बाध्यता रहेको उनले फेसबुकमा उल्लेख गरेका छन् । आफूसँग निजी गाडी रहे पनि उक्त गाडीमा महानगरको तेल प्रयोग गर्दा बेरुजु देखिने गरेकाले सरकारी गाडी नै प्रयोग गर्न थालेको उनले उल्लेख गरेका छन् । 

‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ । निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु’, उनले फेसबुकमा लेखेका छन्, ‘मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ ।’


Advertisment
Bizbazar
Saurya island

उनले लामो समयसम्म गाडी प्रयोगविहीन हुँदा प्राविधिक समस्या आउन भएकाले पनि आफूले सरकारी गाडी प्रयोग गर्न थालेको उनले उल्लेख गरेका छन् । ‘लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु’, उनी अगाडि लेख्छन्, ‘महानगरका जनप्रतिनिधि साथीहरू, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरूको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु ।’

उनले पारदर्शी हुनुपर्छ भनेर जानकारी गराएको पनि उलने भनेका छन् । ‘यो विषय सामान्य भए पनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सधैं अभिप्रेरित भएकाले महानगरवासीलाई यस विषय जानकारी गराउन उपयुक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरू सबैलाई अवगत गराउन चाहन्छु’, उनले भनेका छन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् ।  बुधवार काठमाडौंको राष्...

असोज १२, २०७९

सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बुधवार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...

असोज १२, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘बाबुराम र रवीन्द्र मिश्र उस्त...

असोज १२, २०७९

साझा विवेकशील पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन् । बुधवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गरेका हुन् । सनातन धर्ममा विश्वास गर्ने पार्टी भएकोले पार्टी प्रवे...

असोज १२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । उनले नेपाली कांग्रेसमा प्रवेश गर्न पार्टी परित्याग गरेकी हुन् । बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबह...

असोज १२, २०७९

विवेकशील साझा पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफूलाई पश्चगामी र विचलित भएको भनेर आलोचना गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका छन् । ‘विचा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x