×

NMB BANK
NIC ASIA

नीति निर्माता नै यस्ता भएपछि

सांसदहरू भत्ता पचाएर हिँडेपछि संसदमा गणपूरक संख्या अपुग, २ सांसद नपुग्दा बैठक स्थगित

साउन २९, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।

Muktinath Bank

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई निर्णयार्थ पेश गर्ने क्रममा गणपूरक संख्या अभाव देखिएको थियो । सभामुखको आसनमा बसेकी उपसभामुख पुष्पा भुसालले विधेयकलाई निर्णयार्थ पेश गर्ने क्रममा नेमकिपा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्दा ६७ सांसद मात्र उपस्थित थिए । कुनै प्रस्तावलाई निर्णयार्थ पेश गर्न प्रतिनिधि सभामा रहेका २७५ सांसदको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनुपर्नेमा ६७ सांसद उपस्थित थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित गरेका छन् । यसअघि बसेको बैठक पनि गणपूरक संख्या नपुगी स्थगित भएको थियो । सो प्रस्तावलाई आज निर्णयार्थ पेश गरिएको थियो । 

Vianet communication

बैठकमा हाजिर गरेपछि सांसदले २ हजार बैठक भत्ता र ट्याक्सी खर्चबापत हजार रुपैयाँ पाउँछन् । सांसदहरू गैर जिम्मेवार बन्दा संसदमा बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

१५ मिनेटपछि बसेको दोस्रो बैठकमा पनि कोरम नपुगेपछि प्रतिनिधि सभा बैठक मंगलवारसम्मको लागि स्थगित भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x