×

NMB BANK
NIC ASIA

मधेशका मुख्यन्यायाधिवक्ताको टिप्पणीः राष्ट्रपति कार्यालयकै गरिमालाई धूमिल पारियो

साउन ३१, २०७९

NTC
Premier Steels

मधेश प्रदेशका मुख्य न्यायाधीवक्त दीपेन्द्र झाले नागरिकता विधेयक प्रकरणले राष्ट्रपतिको गरिमा धुमिल पारेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएपछि मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा सन्देश लेख्दै राष्ट्रपति भण्डारी कुनै खास राजनीतिक दलको मान्यताभन्दा माथि उठ्न नसकेको आरोप लगाए । 

Muktinath Bank

मुख्यन्यायाधिवक्ता झाको स्टाटसको पूर्णपाठ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरिकता ऐन संशोधन विधेयक र राष्ट्रपतिको कदमप्रति मेरो धारणा
हिजो मिति २०७९ श्रावण २८ गते सम्माननीय राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीज्यूले नागरिकता ऐन संशोधन विधेयक जुन प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित भइसकेर राष्ट्रपति कार्यालयममा प्रणीकरणको लागि पठाइएको थियो । त्यसलाई सन्देशसहित फिर्ता पठाइदिनुभएको छ र यसले राजनितिक वृत्तमा एक खालको तरंग उत्पन्न गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक राष्ट्रपतिको हैसियत प्रदान गरेको छ । यसर्थ राष्ट्रपति राष्ट्रप्रमुख हुन् न कि कार्यकारी । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिनेछैन भन्ने अधिकार दिएको छ । तर विडम्बना संविधान जारी भएको ७ वर्षभन्दा बढी व्यतीत भइसकेको छ र यसबीचमा जनताबाट निर्वाचित पहिलो संसदकोे कार्यकाल समेत समाप्त हुनै लागेको छ ।

Vianet communication

तर पनि जनताको आधारभूत अधिकारसँग जोडिएको नागरिकता प्रमाणपत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनलाई यहाँका राजनीतिक दल, सांसदहरू, सरकार वा राष्ट्रपति कुनै पनि निकायले गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेकोले हजारौं नागरिकहरू नागरिकताविहीन अवस्थामा बाँच्न अभिशप्त छन् । नागरिकतासम्बन्धी कानुन र व्यवस्था कहिले सर्वोच्च अदालतबाट अवरुद्ध भएको छ त कहिले प्रशासनिक संयन्त्रहरूबाट र अहिले आएर राष्ट्रपति कार्यालय यसको कारक बनेको छ । संसदको अन्तिम अवस्थामा आएर भए पनि दुवै सदनबाट पारित भई पठाइएको नागरिकतासम्बन्धी कानुनलाई राष्ट्रपतिले फिर्ता पठाइदिनाले राष्ट्रपतिको जनताप्रतिको संवेदनशीलताभन्दा कुनै खास राजनीतिक दलको मान्यताभन्दा माथि उठ्न नसकेको अनुभूति पक्कै भएको छ ।

हो, संविधानले राष्ट्रपतिलाई कुनै विधेयकमा विचार गर्नुपर्ने लागेमा पुनर्विचारको लागि एकपटकको लागि फिर्ता पठाइदिने अधिकारचाहिँ दिएको छ, तर यस अधिकारको प्रयोग गर्दा कति जनहितमा भयो भन्ने कुराको हेक्का स्वयं राष्ट्रपतिको कार्यालयले राख्नैपर्दछ ।

नागरिकतासम्बन्धी कानुनको ऐतिहासिक पृष्ठभूमि, यसको संवेदनशीलता, लैंगिक विभेदजस्ता आधारहरू तेस्र्याएर नागरिकतासम्बन्धी कानुन अनिश्चित कालसम्म बन्न नदिने प्रपञ्चको जुन किसिमले राष्ट्रपतिको कार्यालय भागीदार बनेको छ त्यसलाई इतिहासले माफी पक्कै दिने छैन ।

जहाँसम्म लैंगिक विभेदको कुरा छ, त्यसमा यस संविधानकै व्यवस्था पनि विभेदकारी रहेको प्रस्ट छ । संविधान निर्माणको बेलामा हुनुपर्ने बहस अहिले गरेर कामै छैन । यत्रो लामो पाँच पेजको फेहरिस्त लेख्नुपर्ने आवश्यकता नै थिएन । तसर्थ तत्कालको जटिल समस्यालाई सम्बोधन गर्नेगरी ल्याइएको कानुनलाई पछि परिमार्जनसमेत गर्ने सन्देशसहित विधेयक प्रमाणीकरण गर्नुको साटो विधेयक फिर्ता गरिनुले राष्ट्रपति कार्यलयकै गरिमालाई धूमिल पारेको अनुभूति हुन्छ ।

अब पुनः बल राजनीतिक दलहरूकै कोर्टमा फर्केको छ । नागरिकतासम्बन्धी समस्यामा राजनीतिक दलहरू साँच्चै संवेदनशील हो भने अविलम्ब संसदको बैठक बोलाई यस विधेयकलाई दुवै सदनबाट पुनः छलफल र पारित गराई अविलम्ब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइनुपर्दछ । मात्र राजनीतिक जोडघटाउ र भोट बैंक सुरक्षित गर्ने हिसाबले नागरिकताको मुद्दालाई चीरकालसम्म अल्झाइराख्नु कसैको हितमा हुने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x