कात्तिक २०, २०८०
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनि...
भदौ १, २०७९
म्याग्दीका श्याम नेपाली (नाम परिवर्तन) २०७८ वैशाखको पहिलो साता अमेरिका जाने उद्देश्यले संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबई शहरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे ।
उनी नेपालको विमानस्थलबाट भिजिट भिसाको प्रक्रिया पूरा गरेर दुबई गएका थिए तर उनको अन्तिम लक्ष्य अमेरिका पुग्नु थियो ।
गाउँघरका साथीभाइहरू अमेरिका पुगिसकेकाले उनलाई पनि अमेरिका जाने भूत चढेको थियो । त्यसैक्रममा उनी काठमाडौंमा रहेका १ जना दलालमार्फत उनैको सल्लाहमा दुबईको भिजिट भिसा लगाएका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार उनले नेपालको एयरपोर्टमा भिजिट भिसाको प्रक्रिया पूरा गरेका थिए । उनले दुबई पुगेर मुख्य दलाललाई भेटे ।
उनीसँगै दुबईको एउटा कोठामा २०–२५ जना नेपालीहरू अमेरिका जानका लागि बसेका थिए । श्याम अमेरिका जानका लागि म्यादीको बेनीमा रहेको घरखेत बिक्री गर्ने र केही पैसा ऋण खोजेर ९० लाख रुपैयाँ बुझाउने शर्तमा गएका थिए ।
दुबईबाट उनको अमेरिका जाने यात्रा शुरू भयो । उनीहरू पहिला दक्षिण अफ्रिका गए । त्यहाँबाट विभिन्न १५ वटा देश पार गरेर मेक्सिकोको सिमानामा पुगे । उनीहरू अफ्रिकी प्रहरी, स्थानीय गुण्डा र स्थानीय दलाललाई पैसा बुझाउँदै मेक्सिकोसम्म पुगेका थिए ।
प्रहरीका अनुसार उनीहरू ३ महिनामा विभिन्न जंगल र शहरको यात्रा गर्दै मेक्सिकोसम्म पुगेका थिए । मेक्सिको पुग्नुभन्दा अगाडि एउटा डुंगामा गए । अमेरिकी सिमाना पुग्नुभन्दा अगाडि त्यो डुंगा पल्टाइयो । त्यसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफ्रिका लगायत देशका सयौं पुरुष र महिलाहरू सवार थिए ।
त्यो डुंगा पल्टिएपछि तैरिन सक्ने अर्थात् पौडिन सक्नेहरू अमेरिकी अध्यागमनको कार्यालयसम्म पुगे, नसक्नेहरू समुद्रमै हराए ।
त्यहाँ २०–२५ जना मात्रै बाँचेको बयान श्यामले मानव बेचबिखन ब्यूरोमा दिएका छन् ।
मेक्सिकोको सिमानासम्म मेक्सिकोमा भएका १ जना नेपाली दलालले पुर्याएका थिए । श्यामलाई अमेरिकी अध्यागमनले नेपाल फर्काइदियो ।
उनी २०७८ भदौ महिनाको अन्तिममा नेपाल फर्किएका थिए । ९० लाख डुबाएर फर्किएका उनलाई नेपाल आउने बित्तिकै दलालले समाइहाले, फेरि थप पैसा नलाग्ने भन्दै दुबई उडाए ।
फेरि पुरानै प्रक्रिया पूरा गरेर श्याम दोस्रोपटक माघ महिनाको पहिलो हप्ता अमेरिका छिरे । उनले त्यहाँ गएर काम गर्न थाले, ती व्यक्ति मानव बेचबिखन ब्यूरोको सम्पर्कमा थिए । उनले मेक्सिकोसम्म पुर्याउने दलालको विवरण प्रहरीलाई उपलब्ध गराएका थिए ।
प्रहरीले मानव बेचबिखनको जालो तोड्नका लागि श्यामकी श्रीमतीलाई जाहेरी दिन आग्रह गर्दा उनले जाहेरी दिन मानिनन् ।
‘हामीले मानव बेचबिखनमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न उहाँकी श्रीमतीलाई जाहेरी दिन भन्यौं तर उहाँले मान्नुभएन,’ ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लले लोकान्तरसँग भने, ‘अहिले कमाउन लाग्नुभएको छ, जाहेरी दिएपछि तपाईंहरूले फेरि नेपाल ल्याउनुहुन्छ, ऋण कसरी तिर्ने भन्दै मान्नुभएन ।’
अमेरिका, युरोपलगायत देशमा गएर ठगिएकाले जाहेरी दिन नमान्दा कानूनी दायरामा ल्याउन नसकिएको मल्लले बताए ।
दुबईमा नेपाली बेच्ने दलालको अड्डा
पछिल्लो समयमा नेपालमा पक्राउ पर्ने डरले दुबई शहरमा दलालहरूले अड्डा जमाएर बस्ने गरेको प्रहरीले बताएको छ ।
नेपालमा १ जना सम्पर्क व्यक्ति राख्ने र उनीमार्फत दुबईबाट नेपाली बेचबिखनको अड्डा चलाउँदै आएको पाइएको प्रवक्ता मल्लले बताए ।
‘पछिल्लो समय नेपाली दलालहरूले नेपाली बेच्न दुबईमा अड्डा जमाएका छन्,’ एसपी मल्लले लोकान्तरसँग भने, ‘त्यसले गर्दा पनि हामीले कारवाही गर्न सकेका छैनौं ।’
ती दलालहरूले नेपालीलाई दुबईको भिजिट भिसामा लैजाने र त्यहाँबाट युरोप अमेरिका, अफ्रिका लगायतका देशतर्फ पठाउने गरेको देखिएको एसपी मल्लले बताए ।
मोबाइल एप्स बनाएर नेपालीको तस्करीमा दलाल
मानव तस्करमा संलग्न दलालहरूले एउटा टोली लैजानका लागि मोबाइल एप्सको प्रयोग गर्ने गरेको खुलेको ब्यूरोले जनाएको छ ।
दलालहरूले नेपालबाट दुबई हुँदै अन्य देशमा लैजान महिला र पुरुषहरूलाई लक्षित गरेर हरेकपटक एप्स बनाएर कुराकानी गर्ने, सम्पर्क गर्ने र दुबई पुगेपछि मोबाइल जफत गरेर त्यो एप्स बन्द गर्ने गरेको ब्यूरोका प्रवक्ता मल्लले बताए ।
‘उनीहरूले मानव तस्करी गर्नका लागि मोबाइल एप्सको प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । एउटा समूह दुबई पुगेपछि मोबाइल जफत गरेर त्यो एप्स बन्द गर्ने गरेको पाइएको छ,’ एसपी मल्लले लोकान्तरसँग भने, ‘एप्स प्रयोग गर्दा प्रहरीले अनुसन्धान गर्न नसकून् भनेर यस्तो गर्ने गरेको देखिएको छ ।’
प्रहरीका अनुसार त्यसबाहेक उनीहरूले म्यासेन्जर एप्स ‘इमो’को अत्याधिक प्रयोग गर्ने गरेका छन् ।
चीनमा निर्माण भएको इमोमा अन्य देशका अनुसन्धान अधिकारी र प्रहरीको सजिलै पहुँच नहुने भएकाले त्यसको प्रयोग गर्ने गरेको देखिएको एसपी मल्लले बताए ।
मानव तस्करीमा नेपालका उच्च तहका नेताको संलग्नता !
मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धानमा नेपालबाट क्रोएसिया, लाओस, रोमानिया लगायतका देशमा मानव तस्करीका लागि नेपालका उच्च तहका नेता र व्यक्तिहरू संलग्न हुने गरेको देखिएको छ ।
ब्यूरोका एक अधिकारीका अनुसार नेपालबाट क्रोएसिया, रोमानिया लगायतका देशमा रोजगारीका लागि लैजाने कुनै संस्था छैन, तीनै अधिकारीले खडा गरेका एजेन्टहरूमार्फत विदेश पठाउने गरेका छन् ।
त्यो पैसा उच्च अधिकारी र नेताहरूसम्म पुग्ने गरेको पाइएको ब्यूरोले जनाएको छ ।
‘युरोपियन र अमेरिकन देशहरूमा रोजगारी खुलेको छैन, त्यहाँ उच्च पदस्थ व्यक्तिहरूको संलग्नतामा नागरिकहरूलाई पठाइन्छ र त्यसको कमिसन सबैलाई पुग्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।
ब्यूरोका अधिकारीका अनुसार उच्चपदस्थ अधिकारीका कारणले गर्दा पनि कतिपयलाई अनुसन्धानको दायरामा ल्याउन अप्ठ्यारो परेको छ ।
‘माथिबाट प्रेसर आउँछ, कसरी अनुसन्धान गर्न सकिन्छ ?’ ती अधिकारीले लोकान्तरसँग भने, ‘त्यसले गर्दा प्रहरीलाई अनुसन्धानमा अंकुश लागेको छ ।’
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनि...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्व...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...