मंसिर ३, २०८०
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
भदौ १, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेस पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।
कांग्रेस नेता समेत रहेका मन्त्री कार्कीले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताए ।
काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूसँगको बुधवार आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटक–पटक दोहोर्याए ।
आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताए । उनले भने, ‘अब हामी निर्वाचनको संघारमा छौं । अब आउने निर्वाचनमा ५ दलीय गठबन्धन नै रहनेछ । यो मुलुकको स्थिरताका निमित्त, यो मुलुकको विकासको निमित्त र यो मुलुकलाई तीव्र गतिमा विकासमा अगाडि बढाएर विकासोन्मुख मुलुकबाट विकासशील देशमा हाम्रो देशलाई पुर्याउनका निमित्त अब आउने निर्वाचनमा हामीले एकताका साथ नेपाली कांग्रेसलाई जसले यो मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरू गरेको छ, अब मुलुकको आर्थिक परिवर्तनको जिम्मेवारी दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउनका निमित्त एक भएर आगामी निर्वाचनमा जसरी अहिले हामीले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको जुन स्थान हामीले बनाएका छौं, त्यहीँ स्थान आगामी निर्वाचनमा पनि बनाउनका निमित्त हामी सबै आ–आफ्नो तर्फबाट लागौं ।’
मन्त्री कार्कीले ५ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी हुने गरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले विकास निर्माण, जनताको सेवाप्रवाह र उनीहरूको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पारे ।
मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराए । मन्त्री कार्कीले स्थानीय तहमा करका दरहरू निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि बताए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगल...
नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...