×

NMB BANK
NIC ASIA

बनेपावासीले छिट्टै एकीकृत खानेपानी आयोजनाको पानी उपभोग गर्न पाउने

भदौ ६, २०७९

NTC
Premier Steels

खानेपानीको समस्या झेल्दै आएका काभ्रेपलाञ्चोकको बनेपा नगरवासीलाई खानेपानीको व्यवस्था हुन लागेको छ । नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दै आए पनि अपर्याप्त भएकाले नगरवासीलाई काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी ख्वाउनका लागि नगर प्रमुख शाक्य नेतृत्वमा आवश्यक पहल थालिएकामा अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

Muktinath Bank

करिब नौ वर्ष अगाडि निर्माण शुरु भएको उक्त आयोजनाको पानी अहिले बनेपाको आजाद डाँडामा रहेको खानेपानी संस्थानको मुख्य ट्यांकीमा खसालिसकिएको छ । एकीकृत खानेपानीको पानी खानेपानी संस्थानको ट्यांकीमा खसेसँगै पानी वितरणमा सहज भएको संस्थानले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर प्रमुख शाक्यले निर्वाचनका बेलामा नगरवासीलाई चार महिनाभित्रमा खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकामा चार दिन अगाडि उक्त आयोजनाको पानी ल्याउन सफल भएको हो । ट्यांकीमा पानी खसालेसँगै अब पानी प्रवाह गरेर परीक्षण गर्दै उपभोक्तालाई वितरण गर्ने काममा आफू लागिरहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

अहिले पहिलो पटकका लागि संस्थानले वितरण गर्दै आएको उपभोक्तालाई मात्रै पानी वितरण हुने र आयोजनाले जोडेको नयाँ पाइपलाईनमा पानी प्रवाह गरेर परीक्षण गर्दै नयाँ उपभोक्तलाई पनि विस्तारै वितरण गर्ने प्रक्रियामा रहेको उनले बताए । 

Vianet communication

बनेपास्थित  संस्थानको ट्यांकीमा खसेको पानीलाई धनेश्वरमा रहेको पानी ट्यांकीसँग पनि लिंक गर्नुपर्ने र पहिलादेखिको मुहान शशीपानीबाट उक्त संस्थानले ल्याएको पानीलाई आयोजनाले बनाएको मगर गाउँ र कुँइकेल गाउँमा रहेको ट्यांकीमा इन्टरलिङक गर्न बाँकी रहेकाले पानी प्रवाहको कामलाई परीक्षण गर्दै वितरणको तयारी भइरहेको छ । 

एकीकृत खानेपानीलाई बनेपा नगरपालिका–५, ६, ७, ८ र ९ का बान्सिदालाई वितरण गर्ने आयोजनाको लक्ष्य छ । यसअघि काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउनका लागि २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो आयोजना सम्झौता अनुसार २०७२ साल जेठ ३२ गते सम्पन्न गर्ने गरी निर्माण कार्य थालनी भएको थियो ।

एक लाख ३६ हजार जनसंख्यालाई चौबिसै घण्टा शुद्ध खानेपानी खुवाउने योजनाका साथ कूल एक अर्ब २९ करोड ९२ लाखको लागतमा काम सुरु गरिएकामा आठौँं पटकसम्म पनि म्याद थप गरेर गरिरहेको कार्य सम्पन्न नभएपछि काम अगाडि बढेको थिएन । नेपाल सरकार, एसियाली विकास बैंक(एडिबी) नगरपालिका र खानेपानी बोर्डको सहयोगमा उक्त आयोजना निर्माण गरिएको हो । 

आयोजनामा नेपाल सरकारको २१ प्रतिशत, एडिबीको २९ प्रतिशत, स्थानीय सहभागिता(प्रत्येक नगरपालिकाबाट ५/५ प्रतिशत) १५ प्रतिशत र नगर विकास कोषको ऋण ३५ प्रतिशत रकम जुटाइ आयोजना निर्माण थालिएको थियो । ३५ प्रतिशतमा पानी उपभोग गर्ने उपभोक्ताबाट लिएको महसुलबाट सम्झौता भएको १५ वर्षभित्रमा तिरिसक्ने गरी योजना अगाडि बढाइएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x