×

NMB BANK
NIC ASIA

नाै वर्षकी समाजसेवी प्रेन्सा रेग्मी बनिन् नबिल जेन अल्फाको ब्राण्ड एम्बासेडर

भदौ ६, २०७९

NTC
Premier Steels

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । 

Muktinath Bank

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न र तोक्न सक्छन् । बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् । त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्टमार्फत बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाकी स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ जितेकी छन् । 


Advertisment
Nabil box
Kumari

‘नबिल जे अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौँ ।’

Vianet communication

यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुंगानाले भने, ‘हामीले एउटा एप विकास गरेका छौँ, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।’

उनले यस एपले सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x