×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

गठबन्धनको भरमा सुनिल थापाले फर्काउन सक्लान् सूर्यबहादुरकाे राजनीतिक साख ?

भदौ ७, २०७९

NTC
हेमराज भण्डारी, सुनिल थापा र राजेन्द्र राई
Premier Steels

स्व. सूर्यबहादुर थापा विक्रम संवत् १९८४–२०७२ सालसम्म नेपालको राजनीतिमा सक्रिय थिए । ५ पटक प्रधानमन्त्री भएका सूर्यबहादुरले राजनीतिक उत्तराधिकारीका रूपमा छोरा सुनिल थापालाई अगाडि बढाए ।

Muktinath Bank

बुवाको निधनपछि सुनिल राप्रपा परित्याग गरेर कांग्रेसमा लागे । यतिबेला सुनिल धनकुटाबाट चुनाव लड्ने तयारीमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव जितेर बुवाको साख फर्काउने रणनीतिमा उनी छन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि धनकुटामा गठबन्धन र एमाले नेताहरूको दौडधूप भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

वाम गठबन्धन हुँदा हार व्यहोरेका सुनिल लोकतान्त्रिक गठबन्धन हुँदा चुनावी परिणामलाई उल्ट्याउने योजनामा छन् ।

Vianet communication

२०७४ सालको निर्वाचनमा पनि उनी एमालेका उम्मेदवारसँग पराजित भएका थिए । उनले टिकट पाउने लगभग पक्का जस्तै रहेको कांग्रेसका नेताहरू बताउँछन् । राप्रपाबाट आएकाले केही भोट तान्ने र गठबन्धन हुँदा जीत सहजै निकाल्न सकिने कांग्रेसका नेताहरू बताउँछन् ।

एमालेले भने आफ्नो भोट बैंक सुरक्षित रहेकाले चुनाव जित्न सहज हुने अनुमानसहित चुनावी अभियानलाई अगाडि बढाउन थालेको छ । एमाले फुटको असर खासै नपरेकाले चुनाव जित्ने एमालेको आकलन रहेको छ । एमाले धनकुटामा कमजोर नभएको जिल्ला अध्यक्ष अध्यक्ष इन्द्रमणि पराजुलीले बताए ।

‘गत वैशाखमा भएको निर्वाचनको मत परिणाम हेर्दा पनि एमाले कमजोर देखिएन,’ उनले भने, ‘हाम्रोमा लालकिल्ला कायम नै हुन्छ, कसैले रोकेर रोकिँदैन ।’

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य समेत रहेका राजेन्द्रकुमार राई नै टिकटको दौडमा छन् । उनी एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज हुन् । केन्द्रीय सदस्य भएको र अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएकाले उनले नै टिकट पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । एमाले १ नम्बर प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ र जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले पनि टिकटमा दाबी गरिरहेका छन् । चेम्जोङ र पराजुली प्रतिनिधि सभामा बार्गेनिङ गरेर प्रदेशको टिकट लिने दाउमा रहेका जिल्ला कमिटी सदस्यहरू बताउँछन् ।  

अघिल्लो पटक वाम गठबन्धन हुँदा संघ र प्रदेशमा माओवादीले टिकट पाएको थिएन । यसपालि लोकतान्त्रिक गठबन्धन हुँदा के हुन्छ भनेर हेर्न बाँकी नै छ तर नेकपा माओवादी केन्द्रका नेताहरू संघमै दाबी गर्न थालेका छन् ।

‘अघिल्लो पटक पनि हाम्रो प्रतिनिधित्व प्रदेश र संघमा भएन । यसपटक हामीले संघीय सांसद्मा दाबी गरेका छौं । हामीले केन्द्रमा नेताहरूलाई भनेका छौं । स्थानीय तहमा कांग्रेसलाई सहयोग गरेका छौं । केन्द्रीय नेतृत्वले बेवास्ता गर्‍यो भने पार्टीको निर्णयकै विरुद्धमा जान्छौं,’ हेमराज भण्डारीले भने ।

जसपाका नेता रकम चेम्जोङ पनि टिकट लिने दौडमा छन् । चेम्जोङले अघिल्लो निर्वाचनमा सुनिल थापालाई सघाएका थिए । यसपटक भने उनले आफूलाई सहयोग गर्न भन्दै थापालाई फकाइरहेको उनी निकट स्रोतले जनाएको छ । नेकपा एकीकृत समाजवादीले भने प्रदेश सभामा दाबी गर्ने जनाइएको छ । 

स्थानीय तहको मत परिणाममा गठबन्धन झिनो मतले अगाडि

गत स्थानीय निर्वाचनमा एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको थियो । ‘क्लीन स्वीप’ गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली धनकुटा पुगेर तत्कालीन एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईलाई बधाई दिएका थिए । ठट्यौली गर्दै उनले कांग्रेस–माओवादीले  धेरै जोरी खोजे राजेन्द्र राईलाई पठाइदिने बताएका थिए । 

सत्ता गठबन्धनका दलहरूले गठबन्धन गरेर गए मात्रै एमाले कमजोर हुने देखिन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले धनकुटामा मिलेर चुनाव लड्दा मात्रै एमालेसँग प्रतिस्पर्धामा आउन सकिने स्थानीय तहको परिणामले देखाएको छ ।

एकल चुनाव लड्दा तुलनात्मक रूपमा एमाले निकै बलियो रहेको देखिन्छ । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन दलहरूको मतभन्दा केही कम मात्रै मत पाएको छ ।

वडाध्यक्षहरूले पाएको मत हेर्दा कांग्रेसले २८ हजार १८२, माओवादी केन्द्रले ५ हजार ४५८, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ र जनता समाजवादी पार्टीले २ हजार २९२ मत ल्याएका छन् । सबैको मत जोड्दा ३७ हजार ६६० पुग्छ ।

एमाले एक्लैको मत ३६ हजार ३३६ छ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनमा केही मत बढ्ने अनुमान गरिएको छ । गठबन्धन हुँदा सबै वडामा गठबन्धनका उम्मेदवार थिएनन् ।

स्थानीय निर्वाचनमा एमालेले ६० वडामध्ये ३१ वडा जितेको छ भने कांग्रेसले २६, माओवादीले २ र जसपाले १ वडा जितेका छन् । ७ स्थानीय तहमध्ये ३ पालिकामा एमाले र ४ पालिकामा कांग्रेसले जितेका छन् । स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x