×

NMB BANK
NIC ASIA

धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता

भदौ १०, २०७९

NTC
Premier Steels

बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।

Muktinath Bank

सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उनी चिन्तित छन् । वर्षौँदेखि खेतबारीमा काम गरेका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताए न त आफ्नो माटोको उर्वराशक्ति खोजे ।


Advertisment
Nabil box
Kumari

हिउँदे र वर्षेबाली दुवैमा रोग किराको सङ्क्रमण देखिन थालेपछि किसान कृषि प्राविधिकको खोजी गर्न थालेका छन् । 

Vianet communication

बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांश किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताका विषयमा जानकारी लिएका छन् । तर माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । 

“हिउँदमा लगाएको मकैबाली भित्र्याएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरूमा हुने किरा माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ”, भट्टराईले भने, “पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमणलगायत कारणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ ।”  

रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताए । 
अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६.५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताए ।  अमलाचौरको तीन सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ माटोको नमूना लिएर परीक्षण गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x