मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
भदौ १०, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेको चौतर्फी हमला र घेराबन्दीलाई तोड्दै आत्मविश्वासका साथ चुनावमा जाने बताएका छन् । उनले मंसिर ४ गतेको चुनाव निष्पक्ष गर्नको लागि सरकारलाई दबाब सृजना गर्ने बताए ।
एमालेको चौथौँ केन्द्रीय कमिटी बैठकलाई शुक्रवार सम्बोधन गर्दै ओलीले विगतमा सरकारमा रहँदा गरेका राम्रा काम र भावी योजना लिएर जनतामा जाने बताएका हुन् । ‘एमालेविरुद्ध चौतर्फी हमला र घेराबन्दी छ । एमालेको अस्तित्व मेटाउँछौँ भनेका ठाउँमा रक्षा मात्र होइन विजयको सुनिश्चितता गर्दै आत्मविश्वास र दृढतापूर्वक अगाडि बढिरहेको छ’ ओलीले भने ।
उपयुक्त उम्मेदवार छनोट गरेर चुनावमा जाने भन्दै ओलीले त्यहीअनुसार जुट्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । ‘मंसिर ४ गते संघ र प्रदेशका लागि निर्वाचन हुँदैछ, यस निर्वाचनलाई शान्तिपूर्ण, भयरहित परिस्थितिमा हामीले सम्पन्न गराउनु पर्नेछ’ ओलीले भने, ‘सरकारसँग वार्ता, कुराकानी र दबाब चलिरहेको छ । निर्वाचनसँग सम्बन्धित राज्यका अंग र निकायसँग संवाद गर्नुपर्छ, बेठीक कुरा गर्नबाट रोक्नु पर्छ ।’
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिवारसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...