×

NMB BANK
NIC ASIA

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेकपा भित्रैबाट अप्ठ्यारोमा पर्दा सामाजिक सञ्जालमा सक्रिय भइहाल्थे प्रेस सल्लाहकार सूर्य थापा । खरो स्वभावका थापाले खुलेरै सामाजिक सञ्जालमा लेख्थे, ‘पार्टीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले पार्टी कब्जा गर्न खोज्दैछन् ।’

Muktinath Bank

उनका फेसबूक स्ट्याटसहरू अनलाइन सञ्चारमाध्यमका लागि तत्कालै समाचार बन्थे । कुनै–कुनै नेतासँग त थापाको फेसबूकमै वाकयुद्व चल्थ्यो । 
 
थापाका कतिपय स्ट्याटसले ओली सरकारलाई परेको अप्ठ्यारो टार्न भूमिका पनि खेलेका थिए । जतिसुकै आलोचना हुने गरे पनि सत्य कुरामा कहिल्यै डगमगाउँदैनन् उनी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म सधैं तथ्यमा टेकेर बोल्ने र लेख्ने मान्छे हो, देख्नुभो नि माधव नेपाल र प्रचण्डले पार्टी कब्जा गर्न खोजेको रणनीति अहिले आएर पुष्टि भयो । मेरो छुचो बोली धेरैलाई मन नपर्ला तर म यथार्थ बोल्छु/लेख्छु,’ उनी भन्छन् । आफ्नो भूमिका र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने थापाको विशेषता छ ।


Advertisment
Nabil box
Kumari

सक्रिय पत्रकारितामा रहँदा होस् वा अहिले सक्रिय राजनीतिमा नै किन नहोस्, उनको पहिचान अलग्गै छ । 

Vianet communication

एमालेका ‘अलराउन्डर’ युवा नेता थापाले स्थानीय निर्वाचन अगाडिदेखि गृहजिल्ला प्यूठानमै बढी समय बिताएका छन् भने कहिलेकाहीँ पार्टी बैठकका लागि बुटवल, काठमाडौं पनि ओहोरदोहोर गरिरहन्छन् । एमालेमा आफूलाई चौथो पुस्ताको नेता भन्न रूचाउने ४८ वर्षीय थापा प्यूठानबाट प्रतिनिधिसभा निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा ‘डेब्यु’ गर्न खोजिरहेका छन् ।

पत्रकारिताबाट बिस्तारै पार्टीमा ‘सिफ्ट’ भएका उनी छोटो समयमा पार्टीको पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज बनेर एमालेमा उत्तिकै हाबी छन् । प्यूठानको झिमरूक गाउँपालिका–१ का थापाले निर्वाचनमा पार्टीलाई जिताउन र संगठन बलियो बनाउन जिल्लाको ५ फन्को मारिसकेका छन् ।

जिल्लाका ६४ वडामध्ये ६२ वडामा पुगेका छन् उनी । ‘पार्टी संगठनमा लागेको खियालाई मेटाएको छु,’ थापा भन्छन्, ‘जिल्लामा पार्टीका संगठन निष्क्रिय जस्तै थिए । विभिन्न पार्टी छाडेर एमालेमा धेरै नेता/कार्यकर्ता गोलबन्द गराइएको छ । सत्तारूढ दलले आउँदो चुनावमा प्यूठानमा जीत निकाल्न सक्दैन । आउँदो मंसिर ४ गतेको चुनाव एमाले अनुकूल बन्दै गएको छ ।’

निर्वाचनसम्म अन्य पार्टीका धेरै नेता एमालेमा उभ्याएर आफू प्रतिनिधिसभा सांसद बन्न मिहिन ढंगले लागेको छन् उनी । प्यूठानको निर्वाचनको तथ्यगत तथ्यांक उनको डायरीमा छ । एमाले विभाजनको असर प्यूठान जिल्लामा निकै कम परेको उनी बताउँछन् । नेकपा एकीकृत समाजवादीलाई उनी एउटा करेसाबारीसँग तुलना गर्छन् ।

त्यहीँ तथ्यमा टेकेर आउँदो निर्वाचनको विश्लेषण गर्दै पार्टीलाई जिताउन होमिएका देखिन्छन् उनी । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्यूठानका ९ स्थानीय तहमध्ये २ वटामा मात्र एमालेले चित्त बुझाएको छ । कांग्रेस र माओवादीले ३/३ वटा, र जनमोर्चाले १ वटा पालिकामा जीत निकालेका छन् ।

‘सत्तारूढ गठबन्धन हुँदा पनि हामी ४ वटा पालिकामा झिनो मतान्तरले पराजित भएका छौं,’ नेता थापा भन्छन्, ‘माण्डवी गाउँपालिकामा १३०, मल्लरानी गाउँपालिकामा २४४, गौमुखी गाउँपालिकामा ४८१ र प्यूठान नगरपालिकामा ७५५ मतले एमालेका उम्मेदवार पराजित भएका छन् ।’ 

प्यूठानमा ७७ प्रतिशत वामपन्थी भोट छ । धेरै कम्युनिस्ट नेता जन्माउने जिल्लाको रूपमा पनि प्यूठानलाई चिनिन्छ । ‘प्यूठान नेता मात्र जन्माउने होइन, बुहारीलाई पनि माया गर्ने जिल्ला हो,’ थापा भन्छन्, ‘दुर्गा पौडेललाई सांसद बनाएको छ । रेखा शर्मालाई मन्त्रीदेखि राष्ट्रियसभा सदस्य, उर्मिला अर्याल पनि प्यूठानकै बुहारी हुनुहुन्छ ।’ 

स्थानीय तह निर्वाचनलाई हेर्दा जिल्लामा ४० हजार ९९३ मत एमाले, २१ हजार २२ मत नेपाली कांग्रेस, १५ हजार ७४६ मत माओवादी केन्द्र, १३ हजार ८५४ मत राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपाको १ हजार ४१७ मत र नेकपा एकीकृत समाजवादीको १ हजार ३३३ मत खसेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ६४ वडामध्ये २०/२० वडामा एमाले र कांग्रेस, १० वडामा माओवादी, १० वडामा राजमो र २ वडामा विप्लव नेतृत्वको नेकपा र २ वडा स्वतन्त्रले जितेका छन् । 

प्रतिनिधि सभाका लागि जिल्लाबाट सूर्य थापासहित ३ जना नेताहरू आकांक्षी छन् । एमालेका अर्का प्रभावशाली नेता तथा पूर्व मन्त्री मणिचन्द्र थापाको पनि दाबी छ । प्रदेश सांसद तथा पूर्व मन्त्री हरि रिजाल पनि प्रतिनिधि सभामा उक्लिन आकांक्षी देखिन्छन् । पार्टी राजनीतिमा आइसकेपछि थापाले भूगोलबाट परीक्षण हुने अवसर पाएका छैनन् । त्यसैले प्यूठानमा सबैभन्दा बलिया उम्मेदवार थापा नै देखिन्छन् ।

प्यूठान प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । थापालाई पछिसम्मको देख्न सक्ने र अरूभन्दा अगाडि हिँड्न सक्ने खुबी भएको नेता पनि धेरैले भन्छन् । 

थापा प्यूठानलाई मसालको ‘किल्ला’ भन्ने कुरा अब नरहेको बताउँछन् । ‘कहाँ एमालेको ४० हजार मत आएको छ, कहाँको जनमोर्चाको १३ हजार मत तुलना नै हुँदैन,’ उनी भन्छन्, ‘मसालका ५०/५१ वर्ष पुराना नेता/कार्यकर्ता एमालेमा आइसके । मोहनविक्रम सिंहका भाइबहिनी समेत एमालेमा आइसकेका छन् । कहाँ जनमोर्चाको किल्ला हुन्छ ?’

प्यूठानमा जन्मिएका थापाले माध्यमिक तहको अध्ययन अर्घाखाँचीको हंसपुरस्थित सिद्धार्थ माविबाट गरे । त्यसपछि उनले सबै अध्ययन काठमाडौंबाट पूरा गरे । प्यूठानबाट एमालेका पूर्व नेता वामदेव गौतमले माओवादीको चुनाव चिह्न लिएर चुनाव लड्ने तीब्र चाहना व्यक्त गरेका छन् । कांग्रेसबाट गोविन्द पोखरेल र राष्ट्रिय जनमोर्चाबाट यसअघि निर्वाचित दुर्गा पौडेल आकांक्षी छन् ।

गठबन्धनले ३ जनामध्ये कसलाई अगाडि सार्छ भन्ने टुंगो लागेको छैन । जो अगाडि सरे पनि एमालेलाई अब कसैले ‘ब्रेक’ लगाउन नसक्ने थापाको दाबी छ । ‘गठबन्धनका सबै दल मिले पनि हाम्रो पार्टी केही–केही मतले पछाडि देखिन्छ,’ थापा भन्छन्, ‘निर्वाचनसम्म सबै ‘रिकभर’ गर्ने गरी हामी जुटेका छौं ।’

अबको निर्वाचनमा सामाजिक सञ्जाल नै भरपुर उपयोग गर्नुपर्ने तयारीमा उनी देखिन्छन् । ‘पुरानो शैलीको प्रचारले अब काम गर्दैन,’ उनी भनछन् । फेसबूक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत प्रचार गर्नुपर्ने भन्दै पार्टीका फेसबूक पेजहरूलाई ‘एक्टिभ’ गर्नुपर्ने उनी बताउँछन् ।

प्यूठानको हरेक निर्वाचनमा फरक नतिजा आउने गरेको छ । बहुदल आएपछि भएका ७ वटा निर्वाचनमा फरक नतिजा देखिएको छ । २०४८ सालको निर्वाचनमा कांग्रेसले जीत हाँसिल गर्‍यो । १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जीत निकाले । २०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जिते ।

२०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए । २०६४ सालको संविधानसभा निर्वाचनमा २ वटा क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्यो । १ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका २ वटै क्षेत्र एमाले जित्यो । १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए । २०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चाको तालमेलमा जनमोर्चाकी दुर्गा पौडेलले जीत निकालिन् ।

आउँदो निर्वाचनमा कम्युनिस्ट गढ प्यूठानमा कसले जित्ला भन्ने चर्चा–परिचर्चा ह्वात्तै बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x