×

NMB BANK
NIC ASIA

नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह भयो : झलनाथ खनाल

भदौ १५, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताएका छन् ।

Muktinath Bank

सुर्खेतमा बुधवार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दा समेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता खनालले तत्कालीन नेकपा विघटन र त्यसपछि नेकपा एमाले विभाजन हुनुमा तत्कालीन मुख्य नेतृत्व नै जिम्मेवार रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘नेतृत्वले आफ्नो गुटलाई काखा अरुलाई पाखा लगाउने, कम्युनिस्ट आचरण, जीवनशैलीबाट च्यूत हुने र पार्टीलाई सही कार्यदिशामा हिँडाउनुको साटो एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेकाले गम्भीर समस्या पैदा भयो,’ उनले भने, ‘अन्तरविरोधबाट सिर्जित समस्याको समाधान नगरी हैकमवादी, निरंकुश कार्यशैलीले एउटै पार्टीमा रहन सम्भव भएन, धेरै प्रयास गरियो, अन्ततः समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देख्यौं ।’

Vianet communication

उनले पार्टीले छोटो अवधिमै संगठन निर्माणमा ठूलो सफलता प्राप्त गरेको टिप्पणी गर्दै भने, ‘क्रान्तिको ठूलो उभार हाम्रो सामु छ, इमान्दार भएर समयको गति बुझ्नसके हाम्रो कार्यदिशा र नीति एवं सिद्धान्त स्थापित हुनेछ, आम जनता आकर्षित हुने स्थिति छ ।’

नेता खनालले कम्युनिस्ट पार्टीबीचको एकताबाट मात्र नेपालमा ३ ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

उनले भने, ‘२०६२/६३ को जनआन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, विदेशीका अनेक षड्यन्त्रका बाबजुद २०७२ सालमा संविधान निर्माण र २०७४ सालको संघ/प्रदेश निर्वाचनमा दुईतिहाइ जनमत हासिल भएको हो ।’

एउटा निर्वाचनबाट ६ प्रदेश र केन्द्रमा दुईतिहाइ बहुमतको सरकार बनाउनु कम्युनिस्ट पार्टीका लागि चानचुने उपलब्धि नभएको खनालको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x