×

NMB BANK
NIC ASIA

प्रतिपक्षी दलले परमादेशी सरकार भनेपछि कानूनमन्त्री बन्दी आक्रोशित

भदौ २१, २०७९

NTC
Premier Steels

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गरेका छन् । मंगलवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले प्रतिपक्ष दलका सांसदहरूले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आक्रोश पोखेका हुन् । 

Muktinath Bank

उनले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताए । मन्त्री कोइरालाले विदेश नीति, फण्डामेण्टल कन्स्यूट्युस्नल प्रिन्सिपल र स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभावी शब्द प्रयोग नगर्न विपक्षी दल नेकपा एमालेका सांसदहरूसँग आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ‘नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई व्यंग्यात्मक रूपमा संसदमा प्रश्न उठाइरहने हो भने कस्तो न्यायपालिकाको कल्पना गरेका हौँ ?’ भन्दै प्रश्न गरे । उनले संसदमा परराष्ट्र नीतिका बारेमा सांसदहरूले जथाभावी बोल्दा अन्य देशहरूसँगको सम्बन्ध बिग्रिँदै गइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘हामी हरेकपटक काम चलाउ सरकारको कुरा किन गरिरहेका छौँ ? के कुरा गरिरहेका छौँ हामी ? हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? हामी अहिले पनि जिम्मेवार ठाउँमा बसेर भोलि सरकार चलाउनुपर्नेहरूले भनिरहेका छौँ । अहिले एकछिनको न्यानो नहेरौँ । भोलि हामीलाई यिनै रेकर्ड भएर बसेका कुराले विवादित गर्नेछ । अहिलेको प्रतिपक्षलाई भोलि सरकार चलाउनु पर्छ’, उनले भने, ‘तर फण्डामेण्टल कन्स्यूट्युस्नल प्रिन्सीपलमा हामी विवाद गर्नुहुन्न, विदेश नीतिमा हामी विवाद गर्नुहुन्न, स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभावी शब्द प्रयोग गर्नुहुन्न ।’

Vianet communication

मन्त्री कोइरालाले नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधि सभाको कार्यकाल चालु रहने प्रस्तावबाट सरकार पछि हटेको बताए । उनले यसबारेमा अन्योलता कायम रहेकोले अन्योलता चिर्न प्रस्ताव ल्याइएको भए पनि तत्कालका लागि भने सरकार पछि हट्ने जानकारी गराए । मन्त्री कोइरालाले यही विषयलाई राजनीति बनाएर जान आवश्यक नरहेको पनि औँल्याए । उनले एउटा संविधानविद्ले भनेको भरमा संसदको कार्यकाल शुरु र अन्त्य हुन नहुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x