×

NMB BANK
NIC ASIA

सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउने दायित्व छ : मुख्यमन्त्री पोखरेल

भदौ २२, २०७९

NTC
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयलाई प्रविधिमैत्री बनाउनु अहिलेको दायित्व रहेको बताएका छन् ।

Muktinath Bank

निजामती सेवा दिवस २०७९ का अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले बुधवारदेखि सञ्चालनमा ल्याएको डिजिटल नागरिक सेवा बडापत्रको शुभारम्भ गर्दै उनले व्यवस्था परिर्वतनको अनुभूति जनताले आफ्नो व्यवहारमा महसूस गर्न सक्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘व्यवस्था परिवर्तनको अनुभूति व्यवहारमा नभएको गुनासा समाजका विभिन्न तहबाट आएका छन् । परिवर्तनको लक्ष्य नागरिक र जनताको सेवामा सहजता ल्याउनु हो, जनताले विगतमा भन्दा फरक ढंगले महसूस गर्ने गरी सम्बन्धित निकाय लाग्नुपर्दछ ।’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री पोखरेलले प्रशासनले शुरू गरेको डिजिटल प्रविधिले सार्वजनिक सेवा प्रवाह र सुशासनमा नयाँ फड्को मारेको उल्लेख गर्दै यसको उपयोग सबै जनसमुदायले गर्न सक्नुपर्नेमा जोड दिए । प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले डिजिटल बडापत्र अन्य कार्यालयका लागि समेत अनुकरणीय हुनसक्ने र कार्यालयको कार्यसम्पादन सरल र सुशासनलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Vianet communication

प्रशासनले शुरू गरेको डिजिटल श्रव्यदृश्य सहितको बडापत्रमा प्रशासनले प्रदान गर्ने सेवा, सो सेवा प्राप्तिको प्रक्रिया, आवश्यक कागजपत्र, सम्बन्धित शाखा र कोठा नम्बर समेत उल्लेख गरिएको छ । प्रशासनको मुख्य प्रवेशद्वार, प्रतीक्षालय, सेवाग्राहीको बढी भीड हुने नागरिकता, राहदानीलगायत शाखा गरी विभिन्न ५ स्थानमा डिजिटल बडापत्र र ‘डिस्प्ले’ रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

उनका अनुसार श्रव्यदृश्य सामग्रीबाट सेवाग्राहीले सुनेर, पढेर र हेरेर आफूलाई आवश्यक जानकारी थाहा पाउन सक्नेछन् । प्रजिअ आचार्यले भने, ‘भिडियो र अडियो सहितको सामग्रीले पढ्न नजान्ने सेवाग्राहीका लागि समेत सहयोग पुग्नेछ । प्रशासनको फेसबूक पेजसहित स्थानीय सरकारका वडा कार्यालयसम्म यसलाई लैजाने योजनामा छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x