×

NMB BANK
NIC ASIA

सिट बाँडफाँट कार्यदलको निर्णायक बैठकमा सहमति भएका विषय समेटेर प्रतिवेदन बनाइँदै

भदौ २२, २०७९

NTC
Premier Steels

सत्तारूढ गठबन्धनले सिट बाँडफाँटको लागि बनाएको कार्यदलको निर्णायक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

Muktinath Bank

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सत्तामा रहेका दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको ३३० र प्रतिनिधि सभाको १६५ सिटको बाँडफाँटबारे गठबन्धनभित्र निरन्तर छलफल चलिरहेको छ । 

Vianet communication

कार्यदलको बुधवारको बैठकले सिट बाँडफाँटमा निर्णायक छलफल गर्ने र बिहीवार बिहान बस्ने गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँटलाई टुंगो लगाउने बताइएको छ । 

बुधवारको बैठकमा सबै विषयमा सहमति हुन नसके पनि हालसम्म सहमति भएको निर्वाचन क्षेत्र र सिट संख्या समावेश गरेर प्रतिवेदन बनाउने तयारी भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

‘आजको बैठकबाट सकेसम्म सहमतिको प्रयास गर्छौं । नमिलेको निर्वाचन क्षेत्र र सिट संख्याको बारेमा भोलि (बिहीवार) बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउँछ,’ कार्यदलमा सदस्यको रूपमा काम गरिरहेका एक नेताले भने ।

उनका अनुसार अहिलेसम्म प्रतिनिधि सभाको कूल १६५ मध्ये १०० सिटको बाँडफाँटका कुरा मिलिसकेको छ । बाँकी ६५ सिटमध्ये धेरैजसोमा बुधवारको बैठकबाट टुंगो लगाउने र मिल्न नसकेका निर्वाचन क्षेत्रबारे भने शीर्ष नेताहरूले नै निर्णय गर्ने कार्यदलका ती सदस्यले जानकारी दिए । 

गठबन्धनभित्र कांग्रेसले ५० प्रतिशत र अन्य दलले बाँकी ५० प्रतिशतको आसपासमा सिट लिने गरी मोटामोटीरूपमा सिटको संख्या टुंगो लगाइएको छ । अहिलेसम्म कुरा मिलिसकेका १०० सिटमध्ये धेरैजसो कांग्रेसले दाबी गरेका निर्वाचन क्षेत्रहरू रहेका ती नेताले जानकारी दिए ।

गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x