×

NMB BANK
NIC ASIA

सीटीईभीटी सुर्खेतका तत्कालीन कार्यालय प्रमुख भीमकान्तसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २६, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सुर्खेतस्थित प्रादेशिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकममा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयमा सञ्चालन गरिएको तालिममा ३ करोड ४३ लाख ८८ हजार ८१६ रुपैयाँ  अनियमितता भएको भन्दै अख्तियारले आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 


Advertisment
Nabil box
Kumari

सीटीईभीटीका तत्कालीन कार्यालय प्रमुख मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माध्यमिक विद्यालय बिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यस्थापन समिति अध्यक्ष नन्दबहादुर शाहीविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

Vianet communication

त्यसैगरी इलाइट एण्ड डिभलपमेन्ट कन्सल्ट्यान्ट सञ्चालक उपेन्द्रकुमार शाही, धुपेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढा, सीटीईभीटीका तत्कालीन सहायक प्रशिक्षक गंगाराज शाही, प्रशिक्षक हिराबहादुर शाहीलाई पनि विपक्षी बनाइएको छ । 

सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको, कार्यविधिअनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको, सामान खरिद गरेको भन्ने झुठा बिलहरू पेश गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।  

अख्तियारले तालिम सञ्चालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदा–देखिँदै तालिम सञ्चालन भएको भनी रितपूर्वकका बिल–भरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुठ्ठा बिल भरपाई कागजातहरू पेश गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई खर्चसमेत गरेको अभियोगपत्रमा उल्लेख गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x