×

NMB BANK
NIC ASIA

बच्चा अपहरणको ‘हाउगुजी’ले अभिभावकमा त्रास, प्रहरी भन्छः एउटा पनि उजुरी आएको छैन

भदौ २७, २०७९

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

तीन बालकलाई अपहरणको शैलीमा भारतको मुम्बई पुर्‍याइपछि स्कूल जाँदा–आउँदा बालबालिकाको विशेष ख्याल गर्न रूपन्देहीका विद्यालयहरूले आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्कूल र अभिभावक महासंघले सूचना प्रकाशित गरेर भारतबाट बच्चा चोरेर लैजाने गिरोह आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कूल नपठाउनसमेत आग्रह गरेका छन् । जसले गर्दा यहाँका अभिभावकहरू त्रसित छन् । 

Muktinath Bank

केही दिनयता तराईका विभिन्न जिल्लामा विद्यार्थी अपहरण गरेर लैजान भारत लान थालिएको हल्ला विषय सामाजिक सञ्जालमा फैलिरहेको छ । सामाजिक सञ्जालमा हल्ला भइरहेका बेला बुटवलमा भएको पछिल्लो घटनाले अभिभावक तथा बालबालिकालाई अझ झस्काएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षका सागर पौडेल तथा समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी हिँडेका थिए । उनी विद्यालय नगई एकाएक भारतको मुम्बईमा पुगेको सूचना आएपछि यस क्षेत्रमा बालबालिका अपहरणको त्रास बढेको हो । उनीहरू नवीन औद्योगिक मावि र नहर माविमा कक्षा ८ र ९ मा पढ्ने विद्यार्थी हुन् ।


Advertisment
Nabil box
Kumari

बुटवलको इलिट इङलिस बोर्डिङ स्कूलले सूचना प्रकाशित गरी बालबालिकाको विशेष ध्यान दिन आग्रह गरेको छ । त्यस्तै बुटवलकै इडन बोर्डिङ स्कूलका प्राचार्य शिवहरि भट्टराईले सूचना प्रकाशित गरी अपरिचित व्यक्तिसँग सामिप्यता बढाउन नदिन आग्रह गर्दै सूचना प्रकाशित गरेका छन् । 

Vianet communication
Laxmi Bank

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रूपमा असर गरेको बताएको छ । महासंघका अध्यक्ष हेमबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विद्यालय जाने कलिला उमेर समूहका बालबालिकाहरु बेपत्ता भइरहेको खबरले आम अभिभावक, विद्यार्थीहरू त्रासपूर्ण वातावरणमा विद्यालय जाने, आउने, घर वरिपरि हिँड्ने, डुल्ने, घुम्ने खेल्ने काम गर्न बाध्य छन् ।’

महासंघका भनाइमा अध्ययन गर्ने, नयाँ कुरा सिक्ने सिर्जनशील सोँच बोकेका बालबालिकाहरूको कलिलो मस्तिष्कमा यस्ता घटना सार्वजनिक हुँदा गम्भीर असर परेको छ । ‘जसका कारण आम विद्यार्थीहरूको भविष्य र अभिभावकको सोँचमाथि नकारात्मक प्रभाव पर्न थालेको छ’, विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले भने जिल्लामा हालसम्म बच्चा अपहरणसम्बन्धी एउटा पनि उजुरी नपरेको बताए । ‘कोही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’, प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ ।’

हेर्नुहाेस् विज्ञप्तिहरू


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x