×

NMB BANK
NIC ASIA

पाकिस्तानमा छ महिनामा बाल हिंसा सम्बन्धी २२ सय घटना दर्ता

भदौ २८, २०७९

NTC
Premier Steels

पाकिस्तानमा पछिल्लो छ महिनामा बाल हिंसा सम्बन्धी दुई हजार दुई सयभन्दा बढी घटना दर्ता भएका छन् ।  एउटा गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बाल हिंसासँगै अन्य हिंसाका घटनाका विवरणहरू पनि उल्लेख गरिएका छन् ।  

Muktinath Bank

प्रतिवेदनका अनुसार पछिल्लो छ महिनामा बाल हिंसा सम्बन्धी दुई हजार दुई सय ११ घटना दर्ता भएका हुन् । बाल हिंसा केटा तथा केटी दुवै लिङ्गमाथि भएको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । तर बालकहरूका विरुद्धमा भएका घटनाहरूको तुलनामा बालिकाहरूमाथि भएका घटना धेरै रहेको देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनमा उल्लेख भए अनुसार कुल घटना मध्ये बालकहरूका विरुद्ध एक हजार चार घटना भएका छन भने बालिका विरुद्ध एक हजार २०७ घटना भएका छन् । 


Advertisment
Nabil box
Kumari

ती घटना विवरण देशका ७९ पत्रिकाहरूमा प्रकाशित समाचार तथा विवरणहरूका आधारमा तयार पारिएको पनि त्यस संस्थाका पदाधिकारीहरूले जनाएका छन् । 

Vianet communication

घटना विवरणहरू हेर्दा सामान्यत बलात्कार, यौन दुर्व्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ । 

प्रतिवेदनमा ८०३ बालबालिकाहरू अपहरणमा परेको उल्लेख गरिएको छ । ती मध्ये २९८ बालक अपहरणका घटना रहेका छन् भने २४३ ओटा बालिका अपहरणका घटना रहेका छन् ।   

प्रतिवेदनका अनुसार सबैभन्दा धेरै घटना पन्जाबमा भएको पाइएको छ । पन्जाबमा एक हजार ५६४ घटना हुँदा दोस्रो धेरै सिन्ध प्रान्तमा ३३८ घटना दर्ता भएका छन् । 

त्यसैगरी राजधानी इस्लामावादमा १९९, केपीकेमा ७७ र बलुचिस्तानमा २३ ओटा बाल हिंसाका घटना भएको देखिएको छ । बाँकी दश घटना भने अजाद जम्मु र कश्मिरमा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

घटना मध्ये ५२ प्रतिशत घटना शहरी क्षेत्रमा भएको देखिएको छ । ग्रामीण क्षेत्रमा भने ४८ प्रतिशत घटना भएका छन् । 

बाल हिंसा पाकिस्तानको ठूलो समस्या र चुनौतीका रुपमा रहेको अध्ययनमा संलग्न पदाधिकारीहरूको भनाई छ । यसलाई राज्यले उच्च महत्व दिएर न्यूनिकरणका उपायहरू तत्कालै अपनाउनु पर्नेमा उनीहरूले जोड दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x